मकैको जुँगाको फाइदा : ८ रोग निवारण गर्न सकिने !

10-Amazing-Benefits-Of-Corn-Silk-5काठमाडाै

 मकै संसारमा सबै भन्दा धेरै क्षेत्रफलमा लगाईने तथा सबै भन्दा धेरै खपत हुने बालीमा पर्दछ । बहु उपयोगि, यो बाली बाट, बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि धेरे फाइदा हुन्छ ।

मकैकाे त्यसै खेर फालिने मकैको जुँगा पनि एकदमै काम लाग्छ । बहु उपयोगि, यो बाली बाट, बिभिन्न परिकार, तेल, इन्धन, चीनी, रक्सी आदि बनाउने गरिन्छ । धेरै मानिसहरुले उसिनिएका मकै वा पोलिएका मकै खान मन पराउंछन् । यस किसिमका मकै खाएमा स्वास्थ्यका लागि के के फाइदा हुन्छ ।

मकैमा प्रशस्त्र पोषण तत्व हुन्छ । मकै खाएर मानिसका अनुहारमा हुने चाउरी हटाउन र बुढोपनबाट अलग्ग गराउन सहायक मिल्नुका साथै मुटु, रक्त नली र क्यान्सरको रोग निवारण गर्न पनि सकिन्छ । हामि मकैको जुँगा काम नलाग्ने भनेर फाल्छौँ तर यसको फाइदा मकैको भन्दा बढी हुन्छ ।

मकैको जुँगाको फाइदाः

पिसाबनलीको सङ्क्रमणः
मकैको जुँगामा एन्टी इन्फ्लेमेटोरी तत्वहरू पाइने हुदा मकैको जुँगाको सेवन पिसाब नलीको सङ्क्रमणमा धेरै लाभदायी हुन्छ् । यसले पिसाब नलीको तहलाई सुरक्षा कवच प्रदान गरेर पोलाइलाई कम गरिदिनुका साथै सङ्क्रमणलाई पनि निको पार्ने काम गर्छ ।

पिसाब लगाउन :
कुनै पनि कारण शरीरका कोषहरूमा पानी जम्ने वा पानी जमेर सुन्निने समस्या पैदा भयो भने मकैको चियाको सेवन लाभदायी हुन्छ । महँगा र शरीरलाई नोक्सानी पुर्याउने विभिन्न थरी पिसाब लगाउने औषधीहरूको तुलनामा यो अति सुरक्षित हुन्छ ।

मिर्गौलाको पत्थरी:
मकैको जुँगाको चियाले पिसाब लगाउने भएको कारण यसको नियमित सेवनले मिर्गौलामा पत्थर बन्ने सम्भावना पनि न्यून बनाइदिन्छ । ख्याल गर्नुपर्ने कुरा के छ भने, यसले पत्थरी बन्न दिँदैन तर पहिल्यै पत्थरी भइसकेको छ भने त्यसको उपचारमा चाहिँ यो काम लाग्दैन ।

रक्तचाप घटाउँछ:
उच्च रक्तचापको समस्या विश्वव्यापी रूपमै एउटा ठूलो नसर्ने रोगको रूपमा स्थापित भइसकेको छ । उच्च रक्तचापको एउटा विन्दुमा पुगेपछि अनिवार्य रूपमा औषधिको सेवन गर्नैपर्ने हुन्छ । तर मकैको जुँगाको चिया नियमित रूपमा सेवन गर्ने हो भने त्यसले उच्च रक्तचापलाई पनि घटाइदिने गर्छ ।

मधुमेह :
इन्टरनेसनल जर्नल अफ बायोलोजिकल्ली काक्रोमोलेक्युल्समा सन् २०१२ मा प्रकाशित एक अनुसन्धानात्मक लेखका अनुसार मधुमेह भएका मुसालाई प्रयोगशालामा मकैको जुँगाको तत्व निकालेर सेवन गराउँदा तिनको रगतबाट चिनीको मात्रा घटेको पाइएको थियो ।

कोलेस्ट्रोल नियन्त्रण :
रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढ्नु र त्यो अनियन्त्रित हुँदै जानुको एउटै परिणाम हो, विभिन्न घातक मुटुरोगहरू पैदा हुनु । त्यसैले मुटु रोगबाट बच्न गर्नुपर्ने प्रमुख कार्यहरूमध्येका पनि प्रमुख कार्य हो, रगतमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित राख्नु ।

भिटामिन सीको स्रोत:
भिटामिन सी भन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा अमिलोको ख्याल आइहाल्छ । त्यसैले सुन्दा अलि पत्यारिलो लागे पनि सत्य कुरा के हो भने मकैको जुँगामा भिटामिन सी पाइन्छ । थाहा भएकै कुरा हो कि भिटामिन सीले शरीरको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाइदिन्छ ।

मोटोपन घटाउँछ:
मोटोपन आजभोलि आम समस्या बन्दै गइरहेको छ । मोटोपनका कारणहरू विभिन्न हुन्छन् र तीमध्ये एक शरीरमा पानीको मात्रा बढी सञ्चिति हुनु पनि हो । यो खालको मोटोपन घटाउनमा चाहिँ मकैको जुँगाले भूमिका निर्वाह गर्न सक्छ । खासगरी, मकैको जुँगाले शरीरमा अनावश्यक जम्मा भएको पानी र विकारहरूलाई हटाउने काम गर्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना