July 6, 2018

उरुग्वेलाई कडा धक्का दिँदै फ्रान्सले फेरी पनि गर्यो अर्को गोल, २ गोल खाएको उरुग्वेले लेला त बदला ?


एजेन्सी । विश्वकप क्वार्टरफाइनल अन्र्तगत फ्रान्स र उरुग्वेको खेल रोचक मोडमा पुगीरहेका बेला फ्रान्सले गोल संख्या दोब्बर पारेको छ । यसअघि ४० मिनेटमा गोल गरेर खाता खोलेको फ्रान्सले खेलको ६१ औँ मिनेटमा गोल गरेको हो । फ्रान्सका लागी एन्टोनी ग्रिजमेनले फ्रान्सका लागी दोस्रो गोल गरेका हुन् ।

रसिया विश्वकपमा चारै खेल जितेको उरुग्वेले ७ गोल गरेको थियो भने एक गोलमात्रै खाएको थियो । एक खेल बराबरी खेलेको फ्रान्सले भने ७ गोल गरेर ४ गोल खाएको थियो । गोलका लागि उरुग्वेले विपक्षीको पोस्टको दिशामा ३७ प्रहार गरेको थियो भने फ्रान्सले ३८ प्रहार गरेको थियो ।

त्यसका लागि उरुग्वेले १ हजार ८ सय ५९ पास सही खेलेको थियो भने फ्रान्सले १ हजार ९ सय ४ पास खेलेको थियो । बल क्रस गर्ने कुरामा पनि दुवै टिम उस्तै देखिएका छन् । उरुग्वेले चार खेलमा ५६ क्रस गरेको थियो भने फ्रान्सले ५८ क्रस गरेको थियो ।

फाउलमा भने फ्रान्स अगाडि रहेकाले उरुग्वे टिम जोगिएर खेल्नुपर्ने देखिन्छ । चार खेलमा फ्रान्सले ५८ फाउल गरेको थियो भने उरुग्वे ४६ फाउल गरेको थियो । समूह चरणका तीन र अन्तिम १६ को एक खेलमा गरी उरुग्वेले विपक्षीको ३९ सट प्रहारको सामना गरेको थियो भने फ्रान्सले ३१ सटको सामना गरेको थियो ।

आजको खेलमा क्लब फुटबलका स्टारहरु एउटै मैदानमा भिडेको दर्शकहरु निकै महत्वका साथ हेरिरहेका छन् । खेल इडिसन काभानीमा सुरु भएको हो । बलियो डिफेन्स लाइन भएको उरुग्वेविरुद्ध सम्हालिएर खेल्ने रणनीति प्रशिक्षक डेसच्याम्प्सको छ । उरुग्वेका लागि फ्रान्सविरुद्धको खेल सहज छैन । अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध खेल्दा दुई गोल गरेका काभानी चोटका कारण बाहिरिएका थिए ।

उरुग्वे र फ्रान्सबीच समग्रमा यसअघि आठ पटक खेल भएका छन् । जसमा उरुग्वे तीन खेलमा र फ्रान्स एक खेलमा विजयी भएका थिए । चार खेल बराबरी भएको थियो । जसमा उरुग्वेले फ्रान्सविरुद्ध आठ गोल गरेको छ भने चार गोल खाएको छ ।

उरुग्वे र फ्रान्स विश्वकपमा चौथो पटक खेल्न लागेका भए पनि नकआउट चरणमा पहिलो पटक भेटिएका हुन् । सन् २००२ र २०१० मा विश्वकप समूह चरणमा भएको भेटमा गोलरहित बराबरी भएको थियो ।

त्यसअघि विश्वकपमै सन् १९६६ मा भएको खेलमा उरुग्वे २—१ ले विजयी भएको थियो । पछिल्लो पटक सन् २०१३ मा भएको मैत्रीपूर्ण खेलमा पनि उरुग्वे १—० ले विजयी भएको थियो । जसमा लुइस स्वारेजले गोल गरेका थिए ।

फ्रान्स पनि सन् २००६ पछि विश्वकप सेमिफाइनलमा पुगेको छैन । त्यसबेला फ्रान्स फाइनलमा इटालीसँग पराजित भएको थियो । सन् १९९८ को विश्व विजेता फ्रान्स सबै गरेर पाँच पटक विश्वकप सेमिफाइनल पुगेको छ । फ्रान्स पछिल्लो पटक २०१४ मै क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

फ्रान्सले उरुग्वेलाई जितेको एकमात्र खेल सन् १९८५ मा भएको हो । घरेलु मैदानमै भएको मैत्रीपूर्ण खेलमा त्यसबेला फ्रान्स २—० ले विजयी भएको थियो । यसपटक विश्वकपमा लगातार चार खेल जितेको उरुग्वेले फ्रान्सलाई हराउन सके लगातार पाँच खेल जितेर राष्ट्रिय कीर्तिमान बनाउने छ ।

उरुग्वेले विश्वकपमा लगातार चार खेल जितेको यसअघि सन् १९३० मा हो । फ्रान्सलाई हराए उरुग्वे समग्रमा छैठौं पटक विश्वकप सेमिफाइनलमा पुग्नेछ । सन् १९३० र १९५० को विश्व विजेता उरुग्वे पछिल्लो पटक सन् २०१० मा घानालाई हराएर सेमिफाइनल पुगेको थियो ।

त्यसअघि उरुग्वेले क्वार्टरफाइनल खेल जितेको सन् १९७० मा हो । जतिबेला उरुग्वेले सोभियन युनियनलाई १—० ले हराएको थियो । साथै उरुग्वे क्वार्टरफाइनलमा पुगेर हारेको पछिल्लो पटक सन् १९६६ मा हो । त्यसबेला पश्चिम जर्मनीसँग ४—० ले हारेको थियो ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्स यदि काभानी खेले भने मैले हाम्रो टिमलाई केही फरक बनाउनु बताएका थिए । उनी खेल्छन् कि खेल्दैनन् खेल सुरु हुने ९० मिनेट अघि मात्रै हामीलाई थाहा हुने उनको भनाई थियो ।

उरुग्वेका प्रशिक्षक ओस्कार तबरेजले फ्रान्सको बलियो पक्ष बल आक्रमण गर्ने देखिएको बताएका छन् । ग्रिजम्यान र एमबाप्पे राम्रो लयमा छन् । उनीहरुलाई रोक्ने र गोल गर्ने हाम्रो प्रमुख योजना हुने छ । हामीले उनीहरुलाई बल बढाउने ठाउँ दिनु हुँदैन । उनीहरुले बल बढाए भने हाम्रो लागि खतरा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।