आईपीएलपछि क्यानडामा पनि यसरी चम्किए सन्दिप लामिछाने !

Sandeep-Lami-1024x683नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले आफुसँग भएको लेग स्पिनको जादु अहिले क्यानडामा देखाइरहेका छन् । उनले क्यानडाको क्रिकेट लिग ‘ग्लोबल टी—ट्वीन्टी क्यानडा’मा आबद्ध भएर आफुभित्र रहेको क्षमता कुशलताका साथ प्रस्तुत गरीरहेका छन् । १७ वर्षीय सन्दीपले क्यानडामा पनि आफ्नो लेग स्पीनको जादु देखाउँदै सानदार प्रदर्शन गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यमले निकै प्राथमिकताका साथ लेखेका छन् ।

उक्त लिगमा उनको टिमले चार खेल खलिसकेको छ । २९ जुनमा वेस्ट इन्डिजका ड्वेन ब्राबोको कप्तानीमा रहेको विपिङ हक्सविरुद्ध खेल्दा सन्दीप टोलीमा समावेश थिएनन् । सन्दीप श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाको कप्तानीमा रहेको मोन्ट्रेल टाइगर्समा छन् । उनको टिममा वेस्ट इन्डिजका सुनिल नारिन, ड्वेन स्मीथ, जिम्बाबेका सिकन्दर राजाजस्ता स्टार क्रिकेटर छन् ।

तीन खेलमा लगातार हार व्यहोरेको सन्दीपको टोलीले पछिल्लो खेलमा भने १६ रनको जित निकाल्न सफल भएको छ । मोन्ट्रेल टाइगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २९ रन मात्रै बनाएको थियो । मोन्ट्रेल टाइगर्सका बलर चम्किएपछि एडमोन्टोन रोयल्सले १९ ओभर १ बल खेल्दा १ सय १३ रन बनाई सबै विकेट गुमाएको थियो ।

सन्दिप सहभागी टिमसहित अन्य ६ वटा समुहले सहभागिता जनाएको प्रयितोगितामा विश्वका नाम चलेका स्टार क्रिकेट सहभागी छन् । ४ जुलाईमा सन्दीपको टिमले एडमोन्टोन रोयल्सविरुद्ध खेलेको थियो । एडमोन्टोनको कप्तानी पाकिस्तानी क्रिकेटर साहइब तानबीरको कप्तानीमा रहेका छन् । यस खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभरमा १ विकेट लिएर १६ रन मात्रै खर्चेका सन्दीपले एक ओभर मेडन गर्न सफल भए । यस खेलमा १३ रन खर्चेर ३  ओभर १ बल बलिङ गरी ४ विकेट लिएका अस्ट्रेलियाका पिटर सिड्लेपछि सन्दीप नै किफायती बलर बने ।

३० जुनमा ‘वेस्टइन्डिज बी’ टिमविरुद्ध उनको टोली खेल्दा सन्दीपले खेल्ने मौका पाएका थिप्ए । त्यस खेलमा उनले एक विकेट लिए । तर,  ४ ओभर बलिङ गर्दा ५७ रन दिएर खराब प्रदर्शन गरेका थिए । एक बल व्याटिङ गर्न पाएका सन्दीपले एक रन बनाउँदै नटआउट रहेका थिए ।

त्यस पछिका दुई खेलमा भने सन्दीपले उकृष्ट प्रदर्शन गरेका छन् । २ जुलाईमा सन्दीप समावेश टोली मोन्ट्रेल टाइगर्सले क्रिस गेलको कप्तानीमा रहेको भ्यानकुभर नाइट्सविरुद्ध खेल्यो । त्यो खेलमा सन्दीपले सान्दार बलिङ गरे । उनले ४ ओभर बलिङ गर्दा एक मेडनसहित १९ रन दिएर १ विकेट लिए ।

त्यस खेलमा सन्दीप सबैभन्दा किफायती बलरसमेत बन्न सफल भएका छन् । उक्त खेलमा कप्तान मालिंगाले ४ ओभर बलिङ गर्दा ३ विकेट लिँदै ४१ रन खर्चेका थिए । व्याटिङमा समेत मौका पाएका सन्दीपले ३ बलमा ७ रन बनाउँदै नटआउट रहे उनले एक छक्का प्रहार गरेका थिए ।

मोन्ट्रेल टाइगर्सबाट सन्दीप बाहेक अन्य बलरले मेडन ओभर फ्याक्न सकेका छैनन् । सन्दीपले दुई खेलमा लगातार एक एक ओभर मेडन गर्न सफल भए । सन्दीपको टोली मोन्ट्रेल टाइगर्सको अर्को खेल जुलाई ८ आइतबार खेल्ने भएको छ । अब सन्दिप लामिछाने (सीपीएलमा) मा पनि खेल्ने भएका छन् । (सीपीएल) वेस्टइन्डिज क्रिकेट बोर्डले आयोजना गर्ने क्याराविन प्रिमियर लिग हो ।

लिग आगामी अगस्टमा आयोजना हुने बताइएको छ । सन्दीप क्रिस गेलको कप्तानीमा रहेको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ मा अनुबन्ध भएका हुन् । सन्दिप यसअघिको आइपिएलमा सहभागी भएर चमात्कार गरेका थिए । उनले आइपिएलको अन्तिम म्याचमा देखाएको चमात्कारले उनि थप चर्चाको उचाइमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति