रसियालाई इतिहास रच्ने मौका, सजिलो छैन स्पेनलाई !

विश्वकप फुटबलअन्तर्गत प्रिक्वाटरफाइनलमा आज आयोजक राष्ट्र रसिया र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । रसियालाई पहिलोपटक विश्वकपमा इतिहास रच्ने मौका मिलेको छ ।  मस्कोस्थित लुजनिकी रंगशालामा ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने होडमा रहेका छन् । स्पेन रसियाभन्दा बलियो टिम हो । तर, स्पेनलाई त्यति सजिलो भने छैन ।

विश्वचर्चित खेलाडीले भरिभराउ भएको टिम हो स्पेन । सर्जियो रामोस, डिएगो कोष्टा, आन्ड्रेस इनिएस्टा, डेभिड सिल्भा, जेरार्ड पिके, इस्को जस्ता स्टार खेलाडी स्पेनमा रहेका छन् । यता, रसियामा भने कुनै चर्चित खेलाडी छैन । यद्यपी टिम निकै सन्तुलित रहेको छ ।

दुवै टिमको समूह चरण यस्तो रह्यो 

विश्वकप फुटबलको समूह चरण ए मा रहेको रसियाले आफ्नो पहिलो खेलमा नै शानदार प्रदर्शन गरेको थियो । आयोजक रसियाले साउदी अरबलाई ५–० गोलअन्तरले पराजित गर्दै आफ्नो उपस्थिति दमदार गरेको थियो । दोस्रो खेलमा इजिप्टमाथि रसियाले ३–१ गोलअन्तरले विजयी भएको थियो । तर, आफ्नो समूह चरणको अन्तिम खेलमा भने उरुग्वेसँग ३–० गोलअन्तरले पराजित भएको थियो । समूह ए को उपविजेता बन्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको रसियाले स्पेनसँग खेल्न लागेको यो सबैभन्दा ठूलो  खेल हो ।

यता, स्पेन भने समूह बि को विजेता टिम हो । पहिलो खेलमा पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको स्पेनले दोस्रो खेलमा भने इरानलाई १–० गोलको कठिन जित हात पारेको थियो । त्यस्तै, समूह चरणको अन्तिम खेलमा मोरक्कोसँग २–२ गोलको बराबरी खेलेको थियो । हार नजिक रहेको अवस्थाबाट मोरक्कोविरुद्ध अन्तिम समयमा गोल गर्दै स्पेनले बराबरी खेलेको थियो ।

हेड टु हेड
 

स्पेन र रसिया अहिलेसम्म ६ पटक भेट भएको छ । स्पेनले ३ पटक जितेको छ भने ३ खेलमा दुबै टिमले बराबरी खेलेका छन् । रसिया र स्पेनले पहिलो पटक सन् २००४ मा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा स्पेन १–० गोलले विजयी भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।