चिकित्सा शिक्षामा सबैको पहुँचको माग गर्दै प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा तथा राजनीतिकर्मी पक्राउ परेका छन् । शनिबार काठमाडौंको माइतीघर मण्डलाबाट उनीहरुलाई निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विवेकशील साझाका संयोजक उज्वल थापा, अधिबक्ता डा. सुरेन्द्र भण्डारी, शसीविक्रम कार्की लगायतका १० जना पक्राउ परेका विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।
विरोध प्रदर्शन कार्यक्रममा संयोजक मिश्रले राज्यको ढुकुटीमा पहुँच भएकाहरुमा मात्रै नेपालको स्वास्थ्य र शिक्षा रहेको बताए । “प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलका नेताहरु सामान्य विरामी हुँदा पनि राज्यको ढुकुटीबाट उपचार गर्न विदेश जाने तर हुम्ला र जुम्लाका जनताले पैसा तिरेर पनि उपचार गर्न पाइरहेका छैनन्,” संयोजक मिश्रले भने ।
अधिवक्ता ओम प्रकाश अर्यालले निषेधित क्षेत्र तोकेर गृह मन्त्रालयले गैरकानुनी काम गरको जिकिर गरे । उनले गोविन्द केसीको अभियान रोक्नकै लागि सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको बताए ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।