अनुगमनले सुध्रेन बजारको अवस्था, व्यवसायीले मिचे मापदण्ड

Bazar-Anugamanकाठमाडौं । बेला-बेलामा गरिने अनुगमनले बजारको अवस्थामा सुधार नआएपछि कामपाले अनुगमनलाई नियमित बनाउने भएको छ ।
महानगर क्षेत्रमा भएका अधिकांश पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेपछि अनुगमनलाई तीब्रता दिन लागेको हो । सरोकारवाला निकायको सहकार्यमा कामपाले मासु पसल, किराना पसल, होटल व्यवसाय लगायतमा अनुगमन गर्न लागेको हो ।

‘दर्ता गर्नु पर्ने, कर तिर्नु पर्नेजस्ता न्युनतम मापदण्ड पनि पूरा गरेका छैनन् । त्यसैले अनुगमनलाई निरन्तरता दिने भएका हौं,’ महानगरका वरिष्ट जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद घिमिरेले बताउनुभयो ।
कामपाले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनका विरुद्ध सन्देश वितरण गर्दै यस्ता वस्तुको विक्री नगर्न निर्देशन जारी गर्दै अनुगमन शुरु गरेको नेपाल समाचारपत्रमा खबर छ ।अनुगमनमा व्यवसाय दर्ता नवीकरण भए/नभएको, साइन वोर्ड राखिएको/नराखिएको, मूल्य सूची नभए/नभएको, नापतौल प्रमाण पत्र भए/नभएको लगायतका ११ वटा सूचकलाई आधार मानेर हेरिन्छ ।नेपाल समाचारपत्रमा यो खबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा