June 29, 2018

बुद्ध एयरको काठमाडौँ–वाराणसी उडान शुरु, यस्तो छ भाडादर

 

काठमाडौँ, असार १५ । बुद्ध एयरले काठमाडौँ–वाराणसी उडान शुरु गरेको छ । हप्ताको दुईदिन सोमबार र शुक्रबारका लागि बुद्ध एयरले काठमाडौँ–वाराणसी उडान शुरु गरेको हो ।

बुद्ध एयरले उडानको पहिलो दिन ४५ सिट क्षमताको एटिआर ४२ विमानबाट गरेको छ । ३८ यात्रुसहित बुद्ध एयरको एन–एआइटी कलसाइन भएको विमान आज दिउँसो वाराणसी उडान गरेको हो ।

बुद्ध एयरले आयोजना गरेको पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले यो उडानले नेपाल–भारत सम्बन्ध सुदृढिकरणमा सहयोग पुग्ने बताए । उनले नेपालसँग जोडिएका भारतका प्रदेशहरुमा उडान गर्न सकिएमा नेपालमा पर्यटक आगमनको संख्या बढ्नेमा जोड दिए ।

मन्त्री अधिकारीले काठमाडौँ–वाराणसी उडानले २०२० मा २० लाख पर्यटक भित्र्याउँन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

५० मिनेटको हवाई दुरीमा रहेको वाराणसी पुगेपछि यो विमानको स्वागत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गर्नेछन्।

बुद्धको यो विमान आजै साँझ ६ बजे नेपालका फिर्ता हुने जानकारी बुद्ध एयरले दिएको छ । यो उडानको दोहोरो भाडादर १४ हजार नेपाली रुपियाँ रहेको छ ।

पर्यटन प्रबर्धन गर्ने उद्देश्यसहित काठमाडौँ र भारतको उत्तर प्रदेश जोड्न यो उडान सुरु गरेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए।

‘विशेष गरी धार्मिक पर्यटकलाई लक्षित गरी वाराणसी उडान थालेका हौँ’ बस्नेतले भने, ‘मध्य असारमा उडान गर्नुको मुख्य कारण गर्मी मौसममा पर्यटक आगमन संख्याको परीक्षणका लागि हो।’

काठमाडौं र वाराणसी प्राचीन शहर र सभ्यतासँग जोडिएको हुदा पर्यटकलाई अकर्षित गर्न सहयोग पुग्ने बताए।

दुबै शहर युनेस्को हेरिटेजले सम्मानित तथा संरक्षित संरचनाहरूले भरिएका छन्। यो उडानले दुवै शहरलाई सिधा सम्बन्धमा ल्याएको छ।

बुद्ध एयरले दुबै देशका शहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेजहरु पनि सञ्चालनमा ल्याएको छ। त्यसअन्तर्गत सारनाथ, बोधगया तथा वरपरका अयोध्या, ईलाहावाद, प्रयाग स्नानसम्मको प्याकेज छ। यी प्याकेजहरू ३ रात ४ दिन तथा ४ रात ५ दिनका छन्।

यसैगरी भारतीय तीर्थालु तथा यात्रुहरुको लागि विभिन्न धार्मिक तथा होलिडे प्याकेज रहेको कम्पनीले पनि एयरले जनाएको छ। तिनमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी दर्शन लगायत छन्। युवा वर्गलाई लक्षित गरी हिमालयज ट्रेल, ट्रेकिङ, जंगल सफारी जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको छ।

४ वर्ष अघिदेखि बुद्धले महिनामा दुई पटक चार्टर विमान काठमाडौँ–वाराणसी उडान गर्दै आएको थियो। वाराणसी बुद्ध एयरको पहिलो नियमति अन्तर्राष्ट्रिय उडानको पहिलो गन्तव्य हो।

बुद्ध एयरले आफ्नोमा सेवा ‘बिचक्राफ्ट’ विमानबाट दुइ दशकअघि सेवा सुरू गरेको थियो। उसले सन् २०२१ सम्ममा एयरबसका ३२० फेमिली सिरिजका ३ जहाज ल्याएर अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएको छ।

आन्तरिक उडानतर्फको अग्रणी एयरलाइन्स कम्पनी बुद्धसँग हाल एटिआर ७२ सिरिजका ५ वटा, एटिआर ४२ सिरिजका ३ र बिचक्राफ्ट विमान २ गरी जम्मा १० विमान छन्।

आन्तरिक तर्फको ६३ प्रतिशत बजार हिस्सा ओगटेको बुद्धले दुई दर्जनभन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता