आँप खानुहुन्छ ? यी कुराको ख्याल-विचार गरौं !

Fresh Mangoes with green leaves over white backgroundमौसम अनुकुल फलफूल सेवन गर्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ । हामी बजारमा देखिने बेमौसमी खानेकुरामा आकषिर्त हुन्छौं, जो त्यती स्वस्थ्यवर्द्धक मानिदैन ।

यतिबेला बजारमा आँप आइसकेको छ । आँप खाने सिजन नै हो यो । आँप स्वादिलो त हुन्छ नै यसबाट शरीरलाई आवश्यक पोषक तत्व पनि मिल्छ । जस्तो कि, भिटामिन ए, बिटामिन बि ।

आँपलाई कतिले त्यसै खान्छन् । कसैले डिर्जट बनाएर । कसैले भातसँग पनि खान्छन् । जसरी खाएपनि हुन्छ, सिजनको फल । तर भनिन्छ नि, धेरै खाएमा अमृत पनि बिष हुन्छ । चिनी पनि तीतो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै खानु प्रत्युत्पादक हुनसक्छ । मिठो र मौसमी फल भन्दैमा आँखा चिम्लेर जति पायो त्यती खानु हुँदैन । किन त ?

ब्लड सुगर लेभल बढ्छ

आँपमा चिनीको मात्रा धेरै हुन्छ । जब हामी अत्याधिक आँप खान्छौं, शरीरमा ब्लड सुगर लेभल स्वत बढ्न पुग्छ । यसको सोझो असर त उसलाई बढी हुन्छ, जसलाई मधुमेहले सताएको छ ।

तौल बढ्न सक्छ

एक मध्यम आकारको आँपमा एक सय ३५ क्यालोरी पाइन्छ । यसले तपाईंको तौल बढाउन योगदान दिन्छ । यदि तौल नियन्त्रण गर्नुपर्ने अवस्था छ वा तौल नियन्त्रण गर्दै हुनुहुन्छ भने, आँपको मात्रा नियन्त्रण गर्नैपर्छ । यद्यपी वर्कआउट गर्नुहुन्छ र सन्तुलित मात्रामा आँप सेवन गर्नुहुन्छ भने, कुनै समस्या छैन ।

सफाईमा ध्यान

आँपको टुप्पोमा एक किसिमको तरल पदार्थ हुन्छ । त्यसलाई राम्ररी पखालेर मात्र आँप खानुपर्छ । यदि त्यसलाई पखालिएन भने गला वा ओंठमा समस्या आउन सक्छ । आँपले एलर्जी पनि आउन सक्छ ।

पाचन पक्रियामा असर

कुनैपनि खानेकुरा धेरै मात्रामा सेवन गर्दा त्यसले पेटलाई बोझिलो बनाउँछ । पचाउन गाह्रो हुन्छ । ठिक यसैगरी आँप पनि धेरै सेवन गरियो भने पाचन प्रणालीमा असर गर्छ । पेट खराब हुन्छ । साथै आँप अधिक मात्रामा सेवन गरियो भने शरीरको तापमान बढ्न सक्छ ।

कसरी सेवन गर्ने ?

अक्सर हामी पाकेको वा पहेंलो र रहरलाग्दो आँप खरिद गर्छौ । तर, आँप पकाउनका लागि त्यसमा क्याल्शियम कार्बाइड मिलाइन्छ । यस केमिकलले स्वास्थ्यमा असर गर्छ । त्यसैले सकेसम्म बजारमा काँचो आँप किनेर घरमै पकाउन सकिन्छ । बजारबाट आँप खरिद गरेपछि त्यसको एकतिरको टुप्पोमा थोरै काटेर पानीमा डुबाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना