विश्वकपको दावेदार मानिएको ब्राजिललाई यो पटक ठुलै दवाव छ । पहिलो खेलमा नै ब्राजिल र स्वीट्जरल्याण्ड बिच भएको खेलमा बराबरीमा रोकिनु परेपछि झनै ब्राजिललाई दवाव थपिएको छ । अहिले सम्म ब्राजिलले जम्मा एक अंक मात्र प्राप्त गरेको छ ।

हुन त अहिले सम्म ब्राजिलले एउटा मात्र खेल खेलेतापनि उसले पहिलो खेल बराबरीमा खेल्नु नै उसको लागि दवावको विषय बनेको छ ।
हुन त ब्राजिलका मुख्य हिरो मानिने नेइमार घाइते रहेको विषयले ब्राजिलका खेलाडीहरु केहि चिन्तित् थिए,तर अहिले नेइमार पनि खेल्न सक्ने अवस्था रहेको भन्दै टिममा फर्किएका छन् । ब्राजिलका अर्का खेलाडी ड्यानिलो पनि घाइते भएका कारण उनको स्थानबाट फागनरले खेल्दै छन् ।
पहिलो खेलमा स्विजरल्याण्डले ब्राजिललाई रोकेको जस्तै कोस्टारिका पनि आज ब्राजिललाई रोक्ने रणनीतिमा छ । ब्राजिलका खेलाडीहरु चोटपटकका कारण सबै फिट छैनन् तर कोस्टारिकाका खेलाडी भने सबै फिट छन् ।
पाच पटकको विश्व विजेता ब्राजिलले अहिले सम्म २० पटक विश्वकप खेलेको छ । ब्राजिल सन् १९३० मा पहिलो विश्वकपमा सहभागी भएर विश्वकपको यात्रा सुरु गरेको थियो ।
ब्राजिलले त्यसको २८ वर्षपछि सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो । त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा विश्व विजेता बन्यो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । तर विगतका खेललाई हेर्दा कोस्टारिका पनि बलियो टोली हो, त्यसैले पनि ब्राजिललाई कोस्टारिका विरुद्ध खेल्न पनि सहज हुने छैन ।
ब्राजिलियन टिमका मिडफिल्डर फिलिप कोउटिन्होले आफूहरुले अघिल्लो खेलमा भन्दा यसपटक सुधार गर्नुपर्ने बताउदै भने हामीले ‘स्वीट्जरल्याण्डसँगभन्दा सुधारिएको खेल कोसरिका विरुद्ध हामीले खेल्नुपर्छ । हरेक खेल नै फाइनल जस्तो हो । विश्वकपका लागि कुनै खेल सामान्य हुँदैन । सबै टिम राम्रा छन् । हामीले जिम्मेवारी लिएर जिततर्फ अग्रसर हुनुपर्छ । कोस्टारिकासँगको खेल महत्वपूर्ण छ । हामी तीन अंकको खोजीमा छौं’ उनले भने ।
आज शुक्रबार बेलुका ५ : ४५ बजे ब्राजिलले कोस्टारिकासँग खेल्दैछ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना