अर्जेन्टिनाको अन्तिम १६ मा पुग्ने सम्भावना अझै जीवित

 रसिया विश्वकपको प्रमुख दाबेदार मानिएको लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले गएराति क्रोएशियासँग लज्जास्पद हार बेहोर्न बाध्य भयो । विश्वभरका अर्जेन्टिनाका फ्यान निराश बने । कारण, कप्तान लियोनल मेस्सीको खराब प्रदर्शन । यसपटक उनको अन्तिम विश्वकप हुने र यसमा उनले उच्च प्रदर्शन गर्नेमा फ्यानहरु आशावादी थिए तर ठीक विपरीत नतिजा आइदिँदा विश्वकपले अर्कै मोड लिएको छ ।

क्रोएशियाले ३-० गोल अन्तरले म्याच जित्दा अर्जेन्टिना अर्को चरणमा पुग्ने सम्भावना लगभग सकिएको छ । समुहचरणको पहिलो खेलमा आइसल्याण्डसँग अंक बाँडेको अर्जेन्टिनाको मात्र १ अंक छ । यस्तो अवस्थामा अन्तिम १६ मा पुग्न उसले अरुको नतिजामा भर पर्ने हुन्छ । क्रोएशियाको दुई खेलमा जीत हासिल गर्दै ६ अंक प्राप्त गरेको छ भने नाइजेरियाको अंक शुन्य छ ।

आजको खेलमा आइसल्याण्डलाई नाइजेरियाले रोक्न सकेमा र अर्जेन्टिनाले बाँकी एक खेल आफ्नो पक्षमा पारेमा छनोट हुने सम्भावना जीवितै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।