हात हेरेर आफ्नो स्वास्थ्य अवस्था थाहा पाउनुहोस् !

hands

स्वास्थ्य कस्तो छ भन्नेबारे हाम्रो शरीरका विभिन्न अंगले अनेक किसिमका संकेत दिइरहेका हुन्छन् । हातले पनि हृदयाघात, पोषक तत्वको कमी, ‘थाइराइड फङ्सन’ जस्ता कुराको संकेत गर्ने गर्छन् । हत्केला, छालाको बनावट, नङ, पसिनाका ग्रन्थी र रङले शरीरमा विभिन्न तत्वको अभावको संकेत गरिरहेका हुन्छन्।

थाइराइड फङ्सन
सुन्निएका औंला र चिसा हात ‘हाइपोथाइराइडिजम’ (असामान्य रुपले निस्क्रिय थाइराइड) को संकेत हुन सक्छ । सक्रिय खालका थाइराइड अर्थात् ‘हाइपरथाइराइडिजम’मा भने हातको छाला रातो या सुख्खा हुने गर्छ।

पोषक तत्वको तह
नङ बिनाकारण भाँच्चिइरहन्छ भने त्यो जिंक, भिटामिन ए, भिटामिन सी र बायोटिनजस्ता पोषक तत्वको कमीका कारण हुन सक्छ । यो क्याल्सियमको कमी हुने रोग ‘हाइपोकाल्सिमिया’को संकेत पनि हुन सक्छ । न्युयोर्कका छालारोग विशेषज्ञ डा डेभिड इ ब्यांकका अनुसार प्रोटिनको कमीले नङ टुक्रा हुन सक्छ।

हाइपरहाइड्रोसिस
चिन्ता बढ्दा या शारीरिक अभ्यास गर्दा अधिकांशको हत्केलामा पसिना आउँछ । तर, हत्केलाका पसिनाका ग्रन्थीहरु आवश्यकभन्दा बढी सक्रिय हुन्छन् भने ‘हाइपरहाइड्रोसिस’को संकेत हुन सक्छ । अमेरिकी प्राध्यापक डा गेरी गोल्डेनवर्गका अनुसार हाइपरहाइड्रोसिस आनुवंशिक हुन्छ र बाल्यकाल अथवा वयस्क उमेरदेखि नै देखिन्छ।

मुटुको अवस्था
मुठी कति बलियोसँग पार्न सकिन्छ भन्ने कुराबाट मुटु कति स्वस्थ छ या हृदयाघात अथवा स्ट्रोक हुने खतरा छ–छैन भनेर संकेत पाउन सकिन्छ । यदि, मुठी दर्बिलो छ भने मुटुको अवस्था राम्रो भएको संकेतका रुपमा लिन सकिन्छ । मुठी कमजोर छ भने दीर्घकालीन स्वास्थ्य समस्या छ भन्ने देखाउँछ।

पार्किन्सन्सको संकेत
आराम गरेको अवस्थामा या कुनै पनि कार्य नगर्दा पनि हात हल्लिरहन्छ भने पार्किन्सन्स रोगको संकेत हुन सक्छ । तर, तनाव, क्याफिन सेवनजस्ता कारणले पनि हात हल्लिन सक्छ।

अक्सिजनको तह
स्वस्थ राता रक्तकोषको कमी भएको अवस्थालाई ‘एनिमिया’ भनिन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरुमा आवश्यक मात्रामा अक्सिजन पुग्न सक्दैन । यदि हात र नङ पहेँलो छ भने एनिमियाको संकेत हुन सक्छ।

एक्जिमा
मोस्चराइजर प्रयोग गर्दागर्दै पनि हात खस्रो छ या चिलाउँछ भने ‘एक्जिमा’ भएको हुन सक्छ । तर, के भएको हो भन्ने तय भने छाला रोग विशेषज्ञले नै गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना