स्पेनद्वारा इरान १–० ले पराजित, कोष्टाको अर्को गोल

काजान (एजेन्सी) – स्पेनले दोस्रो खेलमा पहिलो जित दर्ता गराएपनि विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । समूह बीअन्तर्गत आज इरानलाई १–० को झिनो अन्तरले हराउँदै स्पेनले पोर्चुगलसँग अंकमा बराबरी गरेको छ । यसअघि पोर्चुगलले मोरोक्कोलाई १–० ले हराएको थियो ।

प्रतिस्पर्धात्मक खेलमा डिएगो कोस्टाले गोल गरेपछि स्पेनले जारी विश्व कपमा पहिलो जित दर्ता गरेको हो । उनले ५४ औं मिनेटमा गोल गरेका थिए । उनले पोर्चुगलसँग ३–३ मा टुंगिएको खेलमा पनि दुई गोल गरेका छन् । सन् २००६ को विश्व कप पछि लगातार दुई खेलमा गोल गर्ने कोस्टा पहिलो स्पेनिस खेलाडी बनेका छन् । त्यति बेला फर्नान्डो टोरेसले दुई खेलमा लगातार गोल गरेका थिए ।

इरानले बराबरी गोल गरेपनि त्यसले मान्यता पाएन । फ्रिकिकमा आएको बललाई सहिद इजातोलाहीले हेड गर्दै बललाई गोलमा परिणत गरेपनि रेफ्रीले भिएआरको सहायतापछि त्यसलाई गोल दिएनन् । इजातोलाहीले हेड गर्नुअघि सरदारले अजमोउनले बल ह्यान्ड गरेका थिए भने सहायक रेफ्रीले अफसाइडका लागि झण्डा उठाएको भिएआरमा देखिएको थियो ।

मोरोक्को प्रतियोगिताबाट बाहिरिएको छ । अब बाँकी तीन टोली पोर्चुगल, स्पेन र मोरोक्को मध्ये दुई टोली समूह बीबाट नकआउट चरणमा पुग्नेछन् । स्पेन र पोर्चुगलको समान ४ अंक र इरानको ३ अंक छ । अब समूहमा स्पेनले मोरोक्को र पोर्चुगलले इरानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।