उद्घाटन खेलमा साउदी अरेबियाबिरुद्ध रुसको ५ गोल

मस्को (एजेन्सी) – विश्वकप २०१८ को पहिलो खेलमा आयोजक रुसले साउदी अरेबियालाई ५-० ले हराएको छ । रुसको जितमा परिवर्तित खेलाडी डेनिस चेरिशेभले दुई गोल गरे । 

पहिलो हाफको १२ औं मिनेटमा युरी गाजिन्स्कीले गोल गर्दै आयोजक राष्ट्र रुसलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफको अन्त्यतिर डेनिस चेरिशेभले गोल गर्दै रुसको अग्रता दोब्बर पारे ।

त्यस्तै परिवर्तित खेलाडी आर्तेम जुबाले ७१ औं मिनेटमा गोल गर्दै रुसको जित सुनिश्चित गरेका थिए । खेलको अन्तिममा चेरिशेभले निकै आकर्षक गोल गर्दै स्कोर ४-० पारे भने फ्रिकिकमा अलेक्जान्डर गोलोभिनले गोल गर्दै साउदीलाई लज्जास्पद हार दिलाए ।

खेलभरी आयोजक निकै आक्रामक देखिए भने साउदीको अग्रपंक्ति निकै फितलो देखियो । तर खेलमा साउदी अरेबियाले नै ६० प्रतिशत पोजेसन राख्न सफल भएको थियो । समूह ‘ए’ को दोस्रो खेलमा भोलि ५.४५ मा इजिप्ट र उरुग्वे भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा