काठमाडौं – प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरू सरकारका कार्यशैलीप्रति आक्रामक भएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा मंगलबार सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता विश्वप्रकाश शर्मा र युवा नेता गगन थापा सरकारको कार्यशैलीप्रति आक्रामक भएका हुन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।
आरोप-प्रत्यारोपमा नेताहरू
मलाई गाली गरेर पार्टी बलियो बन्दैनः देउवा
गिरिजा र सुशीलजी हुँदा पार्टीमा चुइँक्क बोल्न नपाएकाले अहिले बल्ल बोल्न पाएका छन् । शेरबहादुरको विरोध गरेर मात्र अहिलेको चुनौती सामना गर्न सकिँदैन । मलाई गाली गरेर मात्र पार्टी बलियो हुँदैन । कम्युनिस्टविरुद्ध बोल्नुस्, मविरुद्ध त बोल्न पाइहाल्नुहुन्छ नि ।
पार्टीमा नैतिक शक्ति आवश्यकः पौडेल
पार्टी सच्चिुपर्छ । नसच्चिँदा कस्तो हालत भएको छ, यो हामी सबैले देखेका छौँ । पार्टीभित्र न्याय, निष्पक्षता आवश्यक छ । विधानको दायराभित्र पार्टी चल्नुपर्छ । सहमतिमा चल्नुपर्छ ।
मंसिर ३, काठमाडौं । पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको
मंसिर ३, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि विशेष कार्ययोजना सार्वजनिक
कार्तिक २३, २०८३, काठमाडौं । सरकारले सार्वजनिक खरिदअन्तर्गत सञ्चालन हुने सम्पूर्ण आयोजना तथा कार्यक्रममा आबद्ध
कार्तिक १९, काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरूले प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढ्दै गएको
कार्तिक १९,काठमाडौं । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ एसिया–प्रशान्त क्षेत्र (आईटीयूसी–एपी) सहित विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूले
काठमाडौँ, १३ कात्तिक। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको नाम जोडिएर