किन पिउने ब्ल्याक टी ? यस्ता छन् फाइदाहरु !

black-teaकालो चिया अर्थात्  ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् ।भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् ।

कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् । अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

मुटु जोगाउँछ : मुटु रोगीहरुले नियमित रुपमा कालो  चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो  चिया सेवन गर्नेहरुमा मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

डाइरिया रोक्छ : कालो चियामा भएको क्षारीय गुणले पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ ।

दम : तातो झोलपदार्थले दमका रोगीहरुलाई आराम दिन्छ । यसले उनीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ ।

पाचन समस्या हटाउँछ : यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।

कोलेस्टेरोल घटाउँन मद्दत गर्छ : अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा नियमित रुपमा कालो चिया सेवन गर्नेमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ ।

स्तन क्यान्सर हुन दिँदैंन : ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि स्तन  क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ ।

मुख स्वास्थ्यमा सहयोगी : टी ट्रेड हेल्थ रिसर्च एशोसियसनको सहयोगमा गरिएको एक अध्ययनले ब्ल्याक टीले दाँतमा फोहोर निर्माण हुन दिँदैन र ब्याक्टेरिया उत्पादन रोक्छ । कालो चियामा पाइने पोलिफेनाइल तत्वले सडन हुन जिम्मेवार मानिएको ब्याक्टेरिया मार्छ । यसका साथै ब्ल्याक टीले मधुमेहको खतरा कम गर्छ, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र तनाव कम गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना