एक खेलाडीको भरमा ब्राजिलले विश्वकप जित्दैन : खेलाडी पेले

महान खेलाडी पेलेले ब्राजिलको टिमको विश्वकपमा उपस्थितिबारे चिन्ता व्यक्त गरेका छन् । पेलेले पछिल्लो समय ब्राजिलको फुटबल टोली नेयमारमा अडिएको भन्दै ब्राजिलको विश्वकप दरिलो उपस्थितिप्रति शंका व्यक्त गरेका हुन् ।

725542304pele-pic

१४ जुनदेखि १५ जुलाईसम्म रसियामा हुने विश्वकपमा ब्राजिलसँग राम्रो टिम नभएको पेलेको भनाइ छ । दुई वर्षअघिदेखि टिटेको नेतृत्वमा ब्राजिलले खराब प्रदर्शन गरेको र पछिल्ला मैत्रीपूर्ण खेलमा ब्राजिलको टिममा निकै धेरै फेरबदल भएको पेलेको भनाइ छ । 

विश्वकपको पूर्वसन्ध्यामा पेलेले भनेका छन्, “मलाई टिटेमाथि पूरा भरोसा छ । तर, मेरो चिन्ता छ– विश्वकप शुरु हुन केही दिनमात्र बाँकी हुँदा ब्राजिलसँग राम्रो टिम छैन । व्यक्तिगत रुपमा भन्दा सबै खेलाडी उत्कृष्ट छन् तर, ब्राजिलसँग उत्कृष्ट टिम छैन ।”

केही दिन अगाडि क्रोसियासँग भएको मैत्रीपूर्ण खेलमा ब्राजिल २—० गोलले पराजित गर्दा नेयमारले पनि गोल गरेका थिए । नेयमारले उत्कृष्ट पुनरागमन गरेको भन्दै पेलेले भने, “नेयमार विश्वका सर्वोत्कृष्ट फुटबलरमध्येका एक हुन् र उनीसँग अनुभव पनि छ । रसियामा हुने विश्वकपमा ब्राजिललाई माथिल्लो तहसम्म पुर्याउन सक्ने पनि नेयमार नै हुन् । तर, विश्वकप एक जनाले जिताउन सक्दैनन्, यो पूरा टिमको खेल हो ।”

विश्वकपको समूह ‘ई’ मा रहेको ब्राजिलसँगै यो समूहमा स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्बिया रहेका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

गण्डकी प्रदेश सडक ऐन संशोधन विधेयक सर्वसम्मत पारित

पोखरा, १६ चैत २०८२ ।  गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न

पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो

काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal