सचिन तेन्दुलकरका छोरा अर्जुन राष्ट्रिय टोलीमा छनोट

क्रिकेटका भगवान मानिने भारतीय क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर भारतीय यु-१९ टिममा छनौट भएका छन्। अर्जुनलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले श्रीलंकामा हुने चार दिवसीय प्रतियोगिताको लागि छनौट गरेको हो।

आगामी महिना जुलाईदेखि ११ अगस्टको बीचमा भारतीय यु–१९ क्रिकेट टिमले श्रीलंकमा दुई चार दिवसीय र पाँच एक दिवसीय खेल्नेछ।

अर्जुन तेन्दुलकर अलराउण्डर हुन्। उनी बायाँ हाते तीव्र गतिका बलरसँगै बायाँ हाते ब्याट्सम्यान पनि हुन्। उनले श्रीलंकमा वान डे भने खेल्ने छैनन्।

सन् १९९९ को २४ सेप्टेम्बरमा जन्मिएका अर्जुन अघिल्लो वर्ष मुम्बईको यु–१९ टिममा छनौट भएका थिए। यो वर्षको सुरुवातमा अर्जुन अष्ट्रेलियामा स्पिरिट अफ क्रिकेट ग्लोबल च्यालेन्जमा सहभागी भएका थिए।

क्रिकेटर्स क्लब अफ इण्डियाको तर्फबाट खेलेका उनले हङकङ क्रिकेट क्लब विरुद्ध टि–२० प्रतियोगितामा शानदार प्रदर्शन समेत गरेका थिए। उनले त्यसबेला २७ बलमा ४८ रन बनाएका थिए भने चार ओभरमा चार विकेट समेत लिएका थिए।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।