यी हुन् विश्वकप खेल्न नपाउने स्टार खेलाडी

जब लियोनल मेस्सीको जादु चल्छ, अर्जेन्टिना अघि बढ्छ । अर्जेन्टिना विश्वकपमा छनोट हुनका लागि अन्तिम खेलमा इक्वेडरलाई पराजित गर्नैपर्ने दबाब थियो । यदि बराबरी भएको खण्डमा पनि अर्जेन्टिना २०१८ को विश्वकप बाहिर हुने थियो । 

इक्वेडरलाई ३–१ ले स्तब्ध बनाउँदै अर्जेन्टिनाले नाटकीय तरिकाले विश्वकपमा प्रवेश पायो । यो खेलमा मेस्सीले ह्याट्रिक गोल गरे । अर्जेन्टिनाका स्टार खेलाडीहरूले खेल्ने अवसर पनि पाए । यद्यपी अर्जेन्टिना विश्वकपमा नपुगेको भए ? मेस्सीबिनाको विश्वकप भएको भए ?

तर यो विश्वकपमा यस्ता चर्चित खेलाडीहरूले खेल्न पाएनन् जो सधैँ चर्चामा रहिरहेका हुन्छन् । ४ पटकको विश्वकप विजेता इटाली, विश्वकपमा दमबार प्रदर्शन गर्दै फाइनल र सेमिफाइनलिष्ट नेदरल्याण्ड्स, चिली, वेल्स जस्ता राष्ट्रहरूले विश्वकप गुमाएका छन् भने स्टार खेलाडीहरू विश्वकप टीभीमै हेरेर चिक्त बुझाउनुपर्ने बाध्यता बनेको छ ।

विश्वकप गुमाउने स्टार खेलाडी :-
 

आर्जेन रोबिन (नेदरल्याण्ड्स)

 आर्जेन रोबिन त्यस्ता खेलाडी हुन्, जसले नेदरल्याण्ड्सबाट ३ वटा विश्वकप खेले तर, यो पटकको विश्वकपमा भने उनी छैनन् । सन्  २००३ देखि राष्ट्रिय टिमबाट खेल्न थालेका रोविनले सन् २००६, २०१० र २०१४ मा आफ्नो राष्ट्र नेदरल्याण्ड्सलाई विश्वकपमा छनोट गराउन सफल भए ।

यही महिनादेखि रसियामा सुरु हुने विश्वकपमा नेदरल्याण्ड्स छैन । यो पटकको विश्वकपमा भने नेदरल्याण्ड्सलाई रोविनले छनोट गराउन असक्षम रहे । विश्वकपको छनोटको समूह ए मा रहेको नेदरल्याण्ड्स स्वीडेनभन्दा पछि पर्दै छनोट हुन असफल भएको थियो । आफ्नै कप्तानीमा नेदरल्याण्ड्सलाई विश्वकपमा छनोट गराउन नसकेका रोविनले त्यसपछि सन्यास लिए ।

सन् २०१४ को विश्वकपमा रोविनले दमदार प्रदर्शन गरेका थिए । नेदरल्याण्ड्स सेमिफाइनसम्मको यात्रा गर्दा उनले ५ गोल गरेका थिए । पहिलो खेलमा नै स्पेनमाथि ५–१ गोलको जित नेदरल्याण्डले निकाल्दा रोविनले २ गोल गरेका थिए । त्यस्तै, अष्ट्रेलियालाई ३–२ गोलअन्तरले पराजित गर्दा पनि रोविनको गोल समावेश थियो । 

क्वाटरफाइनलमा कोस्टारिकालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दा पनि रोविनले गोल गरेका थिए । त्यस्तै, सेमिफाइनल खेलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा हारेको नेदरल्याण्ड्सका लागि यो खेलमा पनि गोल गरेका थिए ।

२०१० को विश्वकपको प्रिक्वाटरफाइनलमा स्लोभाकियालाई २–१ गोलले पराजित गर्दा रोविनले खेलको १८औं मिनेटमा गोल गरेका थिए । यो विश्वकपको सेमिफाइनलमा उरुग्वेलाई ३–२ गोलअन्तरले पराजित गर्दा रोविनले खेलको ७३ औ मिनेटमा गोल गरेका थिए । 
तर विश्वकपको उपाधि उचाल्न भने नेदरल्याण्ड्स आभागी बन्यो । यो विश्वकपको उपाधि स्पेनले जितेको थियो । सन् २००६ को विश्वकपमा नेदरल्याण्ड्स अन्तिम १६ बाटै बाहिरिदा रोविनले एक गोल गरेका थिए ।

ग्यारेथ बेल (वेल्स)

ग्यारेथ बेल त्यस्ता खेलाडी हुन् जसले आफ्नो टिमको पक्षमा नतिजा जुनसुकै बेला पनि पार्न सक्छन् । वेल्सका २८ वर्षीय बेल एक प्रभावशाली खेलाडी हुन् । 

रुसमा हुने विश्वकपका लागि वेल्स छनोट नजिक पुरेर पनि असफल भएको टिम हो । वेल्स विश्वकपमा पुग्न नसकेसँगै स्टार खेलाडी बेलको विश्वकप खेल्ने सपना केवल सपनामै सीमित बनेको थियो ।

विश्वकप छनोटको अन्तिम ३ खेल भने बेलले खेल्न पाएनन् । मुख्य खेलाडी बेल विनै मैदानमा उत्रिएको वेल्सले विश्वकप छनोटको अन्तिम ३ खेल मध्ये २ खेलमा जित र एक खेलमा पराजित भोगेको थियो । अन्तिम खेलमा रिपब्लिक अफ आयरल्याण्डसँग १–० गोलले पराजित हुँदै वेल्सले विश्वकप छनोटका लागि प्ले अफ पुग्ने मौका गुमाउदै बाहिरिएको थियो ।

सन् २००६ देखि राष्ट्रिय टिमबाट खेल्न थालेका बेलले वेल्सलाई सन् २०१६ को युरोकपको सेमिफाइनलसम्म पु¥याएका थिए । उनकै उत्कृष्ट प्रदर्शनले वेल्सले ऐतिहासिक सफलता पाएको थियो ।

केही दिनअघि मात्रै रियल मड्रिडले लिभरपुललाई ३–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जित्दा नायक बनेका थिए, बेल । उनले दुई गोल गरेका थिए । २०१३ देखि स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध बेल रियलले महत्वपूर्ण उपाधि जित्दा उनको मुख्य भूमिका हुने गरेको छ ।

एलेक्सिस सान्चेज (चिली)
 रुस विश्वकपमा छनोट नहुने अभागि टिम मध्ये एक हो, चिली । चिली २०१८ को विश्वकपमा छनोट नभएसँगै फरवार्ड एलेक्सिस सान्चेजको विश्वकप खेल्ने सपना अधुरै भएको थियो ।

दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरु विश्वकपका लागि छनोट हुदा छैटौ स्थानमा रहेको चिलीको भने यात्रा अघि बढेन । यही टिमबा स्टार खेलाडी हुन् सान्चेज । चर्चित खेलाडी सान्चेजले सन् २००६ देखि राष्ट्रिय टिमबाट खेल्न थालेका हुन् । उनले  दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० को विश्वकपमा चिली प्रिक्वाटरफाइनलसम्म पुगेको थियो । अन्तिम १६ मा भएको खेलमा चिली ब्राजिलसँग ३–० गोलअन्तरले पराजित भएको थियो । यसबेला चिलीका फरवार्ड सान्चेजको प्रदर्शन भने राम्रो हुन सकेको थिएन । यो विश्वकपमा सबै खेल खेलेको उनले एक गोल पनि गर्न सकेनन् । 

ब्राजिलमा सम्पन्न विश्वकप २०१४ मा पनि चिलीको लागि फेरी एकपटक बाधक ब्राजिल नै भएको थियो । अन्तिम १६ मा क्वाटरफाइनल प्रवेशको लागि भएको खेलमा पेनाल्टीमा ब्राजिलसँग चिली ३–२ ले पराजित भएको थियो । ब्राजिल विरुद्धको यो खेलमा सान्चेजले खेलको ३२ औं मिनेटमा गोल गर्दै चिलीलाई एक–एक गोलको बराबरीमा पु¥याएका थिए । यो विश्वकपको समूह चरणको खेलमा पनि अष्ट्रेलिया विरुद्ध सान्चेजले गोल गरेका थिए ।

विश्वकप खेल्न नपाएका अन्य खेलाडी 

जान ओब्लाक (स्लोभेनिया) एन्टोनियो भ्यालेन्सिया (इक्वेडर), भिर्गील भान डिज्क (नेदरल्याण्ड्स), ग्रे मेडेल (चिली), डेभिड अल्बा (अष्ट्रिया) क्रिस्टियन पुलिसिक (युएसए), नेबी किटा (गिनिया) पिएरे एमरिक औवामेएङ (गाबोन) लगायतका धेरै विश्वचर्चित खेलाडीले यो पटकको विश्वकप गुमाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।