धेरै खुसी हुनु पनि खतरा ! किन ?

mutu

धेरै खुसी हुनु पनि मुटुको लागि खतरा हुने स्वस्थ्य बिशेषज्ञहरुले पत्ता लगाएका छन् ।

सरप्राइज, जन्मदिन, पार्टी, परिवारमा नयाँ बच्चाको जन्म, काममा प्रमोसन आदि जस्ता खुसीका पलमा बढी खुसी हुँदा पनि मुटुसम्बन्धी समस्या देखिन सक्ने चेतावनी बिज्ञहरुले दिएका हुन् ।

यो समस्यालाई ‘ह्याप्पी हार्ट सीन्ड्रम’ को संज्ञा दिइएको छ । परिवारको सदस्य गुमाउनु जस्ता दुखद पलले शरीरमा ‘ब्रोकन हार्ट सिन्ड्रोम’ निम्त्याउँछ जसले हार्ट अट्याक गरी मृत्युको मुखमा पुर्याउन सक्छ ।

‘ब्रोकन हार्ट सिन्ड्रोम’ जस्तै गरी ‘ह्याप्पी हार्ट सिन्ड्रोम’ पनि घातक हुन सक्ने बिज्ञहरुले बताएका छन् ।

यूनिभर्सीटी हस्पिटल जुरीचका डा. जेलेना घाड्री र सहकर्मीहरुले अध्ययन गरेका थिए । जसमा धेरै जसो मुटुको केसहरु, डर, तनाव, रिस आदिले निम्त्याएको पाइयो र एक अचम्मको कुरा २० प्रतिशत मुटुका समस्या बर्थडे पार्टी, बिवाह, बच्चाको जन्म दिन आदि जस्ता पलमा अत्याधिक खुसी भएका कारणले हुने देखियो   ।

डा. जेलेना भन्छन् ‘मुटुका अवस्था परिक्षण गर्दा अबदेखि यो समस्या खुसीको कारणले पनि हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर गर्नु जरुरी देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।