विश्वकप फुटबलको लागि रुसले १२ वटा रंगशाला तयार पारेको छ। रुसले पहिलो पटक विश्वकप फुटबल आयोजना गर्न लागेको हो।

यहि जेठ ३१ देखि सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालनको लागि रुसले ११ सहरमा १२ रंगशाला तयार पारेको हो। राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विश्वकपको उद्घाटन र समापन खेल गर्ने तयारी छ। यो विश्वकै महंगो रंगशालामा पर्छ।
८० हजार दर्शक क्षमताको यो रंगशाला सबैभन्दा धेरै दर्शक क्षमता भएको रंगशाला पनि हो। यो रंगशाला तयारीको लागि रसिया सरकारले चार सय मिलियन डलर अर्थात् ४२ अर्ब ८० करोड रुपैयाँ खर्च गरेको छ। रुसी राष्ट्रिय टिमले प्राय यही रंगशाला प्रयोग गर्दै आएका छन्।
त्यसैगरी काजान एरिना, इकाटेरिनबर्ग एरिना, फिस्ट ओलम्पिक, कालिनीगार्ड, स्पार्टक, समरा एरिना, रोस्टोभ एरिना, मोर्डिभिया एरिना, निम्जी नोभ्गोरोड, सेन्ट पिटर्सवर्ग र भोल्गोग्राड एरिना रंगशालामा विश्वकपका खेलहरु हुनेछन्।
प्रत्येक रंगशालामा कम्तिमा पनि ४ वटा खेल हुने गरी तालिका मिलाइएको छ। जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने विश्वकप फुटबलमा विश्वका ३२ राष्ट्रले भाग लिँदैछन्।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।