तपाइँको ब्लड ग्रुप कुन हो ? खानुहोस् ब्लड ग्रुप अनुसारका खानेकुरा

मानिसको शरीरलाई स्वस्थ र निरोगी बनाई राख्नको लागि बिभिन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ र खानेकुरा के खाने र के नखाने भन्नेमा ब्यक्ति आँफैलाई थाहा भएको हुन्छ ।

तर मानिसको ब्लड ग्रुप अनुसार सन्तुलित भोजन छनोट गर्न नसक्दा मानिसमा बिभिन्न किसिमका रोगहरु (एसिडिटी, अपच, कब्जियत) लाग्न सक्ने पाइएको छ ।

पोषण विज्ञहरुका अनुसार खानामा लेसिटिन नामक प्रोटिन हुन्छ जसले रगतमा हुने एन्टिजिनसँग प्रतिक्रिया गर्दछ । त्यसैले रक्तसमूह अनुसारको खानेकुराको संयोजन गलत भएमा यसले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँने बताएका छन् ।

the-blood-type-diet

आउनुस् जानौं कुन ब्लड ग्रुप भएका ब्यक्तिले के खाने र के नखाने

ओ : यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ । ओ ब्लड ग्रुप भएका मानिसहरुका लागि मासु तथा माछाको सेवन उपयुक्त हुन्छ । यसका लागि त्यस्ता ब्यक्तिहरुले सागपात तथा फलफूल पर्याप्त खानुपर्दछ ।

ए :  रक्तसमूह भएका मानिसहरुमा दुधजन्य पदार्थको एलर्जीको समस्या बढि पाइने गरेको छ । मासुजन्य पदार्थहरु पचाउने क्षमता पनि कम हुने गर्छ । त्यसैले उनीहरुले दुग्धजन्य पदार्थ तथा माछामासु कम खानु उपयुक्त हुन्छ । ए रक्तसमूह भएका मानिसहरुले आफ्नो भोजनमा साकाहारी चिजलाई बढि समावेश गराउनुपर्छ । फलफूल, सागपात, अन्न, गेडागुडी लगायतका चिजहरु खानु राम्रो हुन्छ ।

बी :  ब्लड ग्रुपका मानिसहरुले तेलहन जन्य वस्तुहरु जस्तै तिल, बदाम आदि कम खानुपर्दछ । किनकी यो रक्तसमूह भएका मानिसहरु तेलहन पदार्थ पचाउनमा कमजोर हुन्छन् । दुग्धजन्य पदार्थ, अन्न, माछा मासु भने पर्याप्त खाँदा हुन्छ ।

एबी : त्यस्ता ब्यक्तिहरुले लगभग सबै खाले खानेकुरा खान सक्छन् । किनकी यिनीहरुको पाचन प्रणाली अन्य रक्तसमूहका मानिसहरुको भन्दा बढि सक्रिय तथा सक्षम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

नाम, जन्ममिति र विवाह दर्ता लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्याे

 कात्तिक २६, काठमाडौँ। सरकारले व्यक्तिगत घटना दर्ता नियमावली, २०७७ संशोधन गर्ने निर्णय गरेको छ। सोमबार

जेनजी आन्दोलनबाट सय अर्बको क्षति, पुनर्निर्माण दुई महिनापछि थालिने

कार्तिक २५,काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको