भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण सुरु नहुँदै विवाद , संसदमा चल्यो बहस

भक्तपुरको सूर्यविनायक नगरपालिकामा बनाउने भनिएको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण नहुँदै विवादमा मुछिएको छ ।  नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा सरकारले भक्तपरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्नका लागि रोकेको जग्गाप्रति आपत्ति जनाउँदै यसबाट ५०–६० हजार जनता विस्थापित हुने बताएका छन् । 

बिहीबार संसदमा बोल्दै सांसद सुवालले भक्तपुरको सूर्यविनायक नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको लागि सरकारले रोकेको जग्गाप्रति विरोध जनाएका हुन् । 

उनले भने, “सरकारले भक्तपुरको सिपाडोल, नङखेल, चित्तपोल, ताथली र सुडाल क्षेत्रमा जग्गा एकीकरण आवास योजना सञ्चालन गरी प्राप्त हुने १५००–२००० रोपनी भन्दा बढी जग्गामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने समाचार छ । काठमाडौं उपत्यका र भक्तपुरमा त्यति खुल्ला क्षेत्र छैन । यसले कृषिमा आधारित ५०–६० हजार जनतालाई विस्थापित गराउने र खाद्यान्न संकट तथा बेरोजगारी समस्या नित्याउने छ । यो कदम हिटलरको यहुदी जाति विरुद्ध सफाइ आन्दोलन चलाए जस्तै हुनेछ ।” 

उनले थपे “फासिवाद समाजवाद होइन । अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण प्रदेश ३ को राजधानी भएको मकवानपुरमा बनाउनु उपयुक्त हुनेछ । काठमाडौं उपत्यकामा यति धेरै जग्गा छैन ।”

युवा तथा खेलुकद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले लामो समय लगाएर भक्तपुरको सूर्यविनायक नगरपालिकाको ८, ९ र १० नम्बर वडामा जग्गाको पहिचान गरेको थियो । अहिले त्यस स्थानमा सरकारले रंगशाला निर्माण गर्नका लागि जग्गा रोक्का समेत गरेको तर निर्माण हुने भनिएको ठूलो अन्तर्राष्ट्रिय रंगशालाको प्रारम्भिक कार्य अघि नबढ्दै विवाद सुरु भएको छ । संसदमै बहस चलेपछि रंगशाला निर्माणमा अन्योल छाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति