विश्वकप अफिसियल गीतको इतिहासमा सबैभन्दा बढी रुचाइयो वाक्का वाक्का (भिडियो)

एजेन्सी । सन् १९३० देखि विश्वकप फुटबल सुरु भयो तर, विश्वकपमा अफिसियल गीत भने सन् १९६२ को चिली विश्वकपदेखि मात्रै राख्न थालिएको थियो । विश्वकप नजिकिँदै गर्दा सार्वजनिक गरिने विश्वकपको अफिसियल गीतले यसको रौनक बढाउनका साथै भाइचारा सम्बन्ध कायम गर्ने विश्वास गरिन्छ ।

 

अहिलेसम्म १५ वटा विश्वकपमा अफिसियल गीत बनिसकेका छन् । यही जेठ अन्तिमदेखि रुसमा सुरु हुने विश्वकप फुटबलले विश्व विस्तारै तताउँदै छ । विश्वकपको चहलपहल पनि दिनप्रतिदिन बढ्दो छ । विश्वकप आउनु महिनौं अघिदेखि फुटबलप्रेमी आ–आफ्नो समर्थनमा विश्वकप यो राष्ट्रले जित्छ, त्यो राष्ट्रले जित्छ भनेर आँकलन गर्न थालिसकेका छन् ।

विश्वकप अफिसियल गीतको इतिहासमा सबैभन्दा बढी रुचाइएको गीत २०१० विश्वकपको थियो :-

1261503585Shakira_Waka_Waka_Video

वाक्का वाक्का (दक्षिण अफ्रिका २०१०)

सन् २०१० को विश्वकप फुटबल पहिलो पटक दक्षिण अफ्रिकाले आयोजना गरेको थियो । यो विश्वकपको उपाधि नयाँ राष्ट्र स्पेनले पहिलो पटक जितेको थियो ।

विश्वकप अफिसियल गीतको इतिहासमा सबैभन्दा बढी रुचाइएको गीत यही विश्वकपको थियो । चर्चित स्पेनिस गायिका साकिराले गाएको ‘वाक्का वाक्का’ बोलको अफिसियल गीतले तहल्का नै मचाएको थियो । यो गीत विश्वकप आउदा अझै पनि सुन्ने गरिन्छ ।

साकिरालाई फ्रेसलीग्राउण्ड ब्याण्डले साथ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको