विश्वकप अफिसियल गीतको इतिहासमा सबैभन्दा बढी रुचाइयो वाक्का वाक्का (भिडियो)

एजेन्सी । सन् १९३० देखि विश्वकप फुटबल सुरु भयो तर, विश्वकपमा अफिसियल गीत भने सन् १९६२ को चिली विश्वकपदेखि मात्रै राख्न थालिएको थियो । विश्वकप नजिकिँदै गर्दा सार्वजनिक गरिने विश्वकपको अफिसियल गीतले यसको रौनक बढाउनका साथै भाइचारा सम्बन्ध कायम गर्ने विश्वास गरिन्छ ।

 

अहिलेसम्म १५ वटा विश्वकपमा अफिसियल गीत बनिसकेका छन् । यही जेठ अन्तिमदेखि रुसमा सुरु हुने विश्वकप फुटबलले विश्व विस्तारै तताउँदै छ । विश्वकपको चहलपहल पनि दिनप्रतिदिन बढ्दो छ । विश्वकप आउनु महिनौं अघिदेखि फुटबलप्रेमी आ–आफ्नो समर्थनमा विश्वकप यो राष्ट्रले जित्छ, त्यो राष्ट्रले जित्छ भनेर आँकलन गर्न थालिसकेका छन् ।

विश्वकप अफिसियल गीतको इतिहासमा सबैभन्दा बढी रुचाइएको गीत २०१० विश्वकपको थियो :-

1261503585Shakira_Waka_Waka_Video

वाक्का वाक्का (दक्षिण अफ्रिका २०१०)

सन् २०१० को विश्वकप फुटबल पहिलो पटक दक्षिण अफ्रिकाले आयोजना गरेको थियो । यो विश्वकपको उपाधि नयाँ राष्ट्र स्पेनले पहिलो पटक जितेको थियो ।

विश्वकप अफिसियल गीतको इतिहासमा सबैभन्दा बढी रुचाइएको गीत यही विश्वकपको थियो । चर्चित स्पेनिस गायिका साकिराले गाएको ‘वाक्का वाक्का’ बोलको अफिसियल गीतले तहल्का नै मचाएको थियो । यो गीत विश्वकप आउदा अझै पनि सुन्ने गरिन्छ ।

साकिरालाई फ्रेसलीग्राउण्ड ब्याण्डले साथ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो