गम्भीर घाइतेको बाबजुत पनि इजिप्टका मोहम्मद सलाहले विश्वकप खेल्ने

मोहम्मद सलाहले आगामी जुनदेखि रुसमा सुरु हुने विश्वकप फुटबल खेल्ने इजिप्ट फुटबल संघले जनाएको छ । च्याम्पियन्स लिगको फाइनल खेलमा उनी गम्भीर घाइते भएपछि विश्वकप गुमाउन सक्ने सम्भावना बढेको थियो ।

923541989mohamed-salah-cropped_pc7el9wm4fol12q52koqeibnxइजिप्टका उत्कृष्ट र सफल फरवार्ड सलाह लिभरपुलबाट ब्यवसायिक फुटबल खेल्ने गर्छन । लिभरपुलबाटै च्याम्पियन्स लिगको फाइनल खेल्दा उनी चोटग्रस्त बनेका थिए । 

इजिप्टको फुटबल संघका अध्यक्ष र राष्ट्रिय टिमका डाक्टरले सलाहलाई भेटेपछि सलाह अबको ३ हप्तामा ठीक हुने बताएको विविसीले उल्लेख गरेको छ । त्यसपछि उनले आफ्नो टिमबाट विश्वकप खेल्नेछन् । 

सलाह त्यस्ता खेलाडी हुन् जसले २८ वर्षपछि इजिप्टलाई विश्वकपमा छनोट गराएका थिए । विश्वकप अन्तिम छनोट खेलको ९५ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै इजिप्टलाई विश्वकपमा छनोट गराएका २५ वर्षीय सलाह एक प्रभावशाली खेलाडी हुन् । उनले विश्वकप खेल्न सक्ने कुराले इजिप्ट फुटबल टिममा उत्साह थपिएको छ ।

इसअघि सलाहले ट्वीटमार्फत लेखेका थिए । “यो एकदमै कठिन रात रहेको थियो तर म लडाकु हुँ । बाधाका बाबजुत मलाई विश्वास छ कि म तपाईहरुलाई गर्व गराउन रुसमा हुनेछु । तपाईहरुको माया र समर्थन मेरो शक्ति हो जुन म चाहन्छु ।”

]२१ औं संकरणको विश्वकपमा इजिप्ट समूह ए मा रहेको छ । इजिप्टको समूहमा आयोजक रुस, साउदी अरेबिया र उरुग्वे रहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति