सन्दीपले विश्व ११ बाट आज वेष्ट इन्डिजविरुद्ध खेल्दै , यसरी हेर्नुहोस् लाइभ खेल

पाकिस्तानका विष्फोटक अलराउण्डर शाहिद आफ्रिदीको कप्तानीमा आज नेपाली युवा बलर सन्दिप लामिछाने टि–२० इन्टरनेशनल डेब्यू गर्दैछन् । आइसीसी वल्र्ड ११ र वेष्ट इण्डिजबीच हुने च्यारिटी खेलमार्फत सन्दिप टि–२० अन्तर्राष्ट्रिय डेब्यू गर्न लागेका हुन् । सन्दिप नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुँदाहुँदै पनि उनले अहिलेसम्म टि–२० अन्तर्राष्ट्रिय डेब्यू गरेका छैनन् । 

आफ्रिदीको_कप्तानीमा_आज_सन्दिपको_टि–२०_अन्तर्राष्ट्रिय_डेब्यू,_यसरी_हेर्नुहोस्_लाइभ_खेल 1266

नेपालले यसअघि २०१४ मा टि–२० अन्तर्राष्ट्रियको मान्यता पाएको थियो तर त्यतिबेला सन्दिप नेपाली राष्ट्रिय टिममा थिएनन् । सन्दिप नेपाली राष्ट्रिय टोलीमा आउँदा नेपालले टि–२० अन्तर्राष्ट्रिय मान्यता गुमाइसकेको थियो । अहिले भने नेपालले वन डे अन्तर्राष्ट्रिय मान्यतासँगै टि–२० अन्तर्राष्ट्रिय मान्यता पाएको छ । आइसीसीले आज हुने च्यारिटी खेललाई टि–२० अन्तर्राष्ट्रियको मान्यता दिएको हुँदा सन्दिपको आजको खेल टि–२० अन्तर्राष्ट्रियको डेब्यू खेल हुनेछ । 

सन्दिप वल्र्ड ११ टिममा छन् । यो टिमका कप्तान पाकिस्तानी विष्फोटक अलराउण्डर ‘बुम बुम आफ्रिदी’ अर्थात शाहिद आफ्रिदी हुन् । टिममा आफ्रिदी र सन्दिपसँगै इङल्याण्डका साम बिलिङ्स, भारतका दिनेश कार्तिक, न्यूजिल्याण्डका मिचेल म्याकलेङ्घेन, भारतका मोहम्मद शमी, श्रीलंकाका थिसारा परेरा, इङल्याण्डका आदिल रशिद, अफगानिस्तानका राशिद खान, न्यूजिल्याण्डका लुक रोन्ची, पाकिस्तानका शोएब मलिक र बंगलादेशका तमिम इकबाल छन् । 

वल्र्ड ११विरुद्ध वेष्ट इण्डिज कार्लोस ब्रेथवेटको कप्तानीमा उत्रिनेछ । वेष्ट इण्डिजको टिममा कप्तान ब्रेथवेटसँगै सामुएल बद्री, रायात इमरिट, आन्द्रे फ्लेचर, क्रिस गेल, एविन लेविस, एसले नर्स, किमो पल, रोभमान पावेल, दिनेश रामदिन, आन्द्रे रसेल, मार्लोन सामुएल्स र केसरिक विलियम्स छन् । 

खेल इङल्याण्डको लर्डस मैदानमा नेपाली समयअनुसार आज राती सवा १० बजे सुरु हुनेछ । नेपालमा खेलको लाइभ प्रसारण भारतीय च्यालन सोनी सिक्स र सोनी सिक्स एचडीमा हेर्न सकिनेछ । यसबाहेक सोनीको अफिसिएल वेब प्रसारक सोनीलिभ डटकम र सोनीलिभ एपमा पनि खेलको लाइभ अपडेट हेर्न पाइनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति