किन उठ्छ शरीरमा काँडा ? यस्ता छन् कारणहरु !

safe_image-1

जाडोको बेला होस या तर्सेको बेला हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई हामीले काँडा उठेको भन्छौ । यस्तो काँडा किन उठ्ने गर्छ ? त्यो भने कमैलाई थाह होला ।

वेलायतका एक सोधकर्ता डा डेनियल निडिसका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । चिसो वा जाडोको बेला पनि काँडा उठ्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

डा डेनियल भन्छन, “जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कन्छ । यसले रौँको फेदमा रहेको स साना मांसपेशी खुम्च्याईदिन्छ । जसबाट रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छ । त्यसैलाई नै हामीले काँडा उठेको भन्ने गर्छौ ।”

यस्तो काँडा मानिसमा मात्रै होइन जनावरमा देखिने गर्छ । तर उनीहरुको शरीरमा हुने रौले हामी देख्न सक्दैनौ । जनावरहरु जव खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन ।

जनावरहरुमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्छ । तर मानिसमा जनावरमा जस्तो बाक्लो रौ नहुनाले काँडा उठेर पनि कुनै फाइदा नहुँने डेनियलको तर्क छ । उनी भन्छन, मानिसमा काँडा उठेर न न्यानो हुन्छ न त दुस्मननै भगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा