हाइटीमाथि अर्जेन्टिनाको सहज जित

 रुस विश्वकपको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । अर्जेन्टिनाले हाइटीलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

आज (बुधबार) विहान भएको खेलमा अर्जेन्टिनाले सहज जित निकालेको हो । इस्टाडियो अबलेर्टो जोस अर्मान्डो रंगशालामा भएको खेलमा घरेलु टोली अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गोल गरे ।
खेलको १७औं मिनेटमा नै मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएको थिए । 

पहिलो हाफसम्म १–० गोलअन्तरले अघि रहेको अर्जेन्टिनाले दोस्रो  हाफमा थप ३ गोल गरेको थियो ।  खेलको ५८औं मिनेटमा अर्को गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–० गोलको अग्रता दिलाएका थिए । खेलको ६६औं मिनेटमा कप्तान मेस्सीले अर्को गोल गर्दै ह्याट्रिक गोल पुरा गरेका थिए । त्यस्तै, खेलको ६९औं मिनेटमा सर्जियो अगुइरोले गोल गर्दै अर्जेन्टिनालाई ४–० गोलको जित दिलाएका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति