रुस विश्वकपमा रोनाल्डोको कप्तानीमा मैदान उत्रने

फिफा विश्वकप फुटबलको २१ औं संस्करण जेठ ३१ गतेबाट रसियामा सुरु हुँदैछ । विश्वकप सुरु हुन् अब मात्र १६ दिन बाँकी छ । र, विश्वकप फुटबलको दिनगन्ती सुरु भैसकेको छ ।

Portugal world cup 2014

विश्वकपको दिनगन्ती सुरु भएसँगै विश्वका फुटबल प्रेमीको ध्यान अहिले रसियातर्फ मोडिएको छ । फुटबल प्रेमीहरु विश्वकप फुटबलको उपाधि जित्ने टोलीको अनुमान लगाउन थालेका छन्  । यद्यपी, विश्वकपमा सहभागी ३२ टोली नै उत्कृष्ट रहेको कारण उपाधि जित्ने टोलीको अनुमान लगाउन भने कठिन देखिएको छ ।

विश्वकपमा सहभागी सबै टोली आफुलाई बलियो प्रतिस्पर्धीको रुपमा मैदान उत्रन चाहन्छ । रुस विश्वकपमा बलियो दाबेदारका रुपमा प्रस्तुत हुने टोली पोर्चुगल पनि एक हो । त्यति मात्र हैन पोर्चुगलसँग सन् २०१६ को युरोकप विजेताको हैसियत समेत रहने छ ।

पोर्चुगल विश्व फुटबलका स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने छन् । रुस विश्वकपमा प्रतिस्पर्धा गरिरहेका पोर्चुगललाई फिफाको चौथो वरियता समेत हुने छ । जसको कारण रुस विश्वकपमा पोर्चुगललाई दाबेदारको रुपमा हेरिएको अन्तर्रा्ष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति