सन्दीप विश्व–११मा सहभागी हुन अाज इङ्ग्ल्यान्ड जाँदै

नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आईसीसीले मे ३१ मा आयोजना गरेको विश्व ११ खेलाडी र वेष्टइन्डीज बीच हुने मैत्रिपूर्ण खेलका लागि मंगलबार इङ्ग्ल्यान्ड जाने भएका छन् । 

sandeep-lamichhange

मंगलबार राति सवा ९ बजेको कतार एयरवेजको फ्लाइट मार्फत् सन्दीप त्यसतर्फ जाने पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

आईपीएल र विश्व ११ बीचको फरक के छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासमा उनले भने, “आइपीएल लिग हो तर, विश्व ११ मा वेष्टइण्डिजसँगको मैत्रिपूर्ण खेल आइपीएल भन्दा ठूलो हो ।”

“कुनै पनि खेलमा राष्ट्रको प्रतिनिधित्व गरेको छ भने लिग भन्दा त्यो ठूलो हो । आईपीएल लिग हो क्लबका लागि थियो,  विश्व ११ वेष्टइण्डीजविरुद्ध हुनेछ । अगाडि भने दुवै क्रिकेटको निकैठूलो प्लेटफर्म हो नयाँ खेलाडीका लागि ठूलो अवसर हो,” लगतै उनले थपे ।

प्लेइङ ११ मा पर्ने विषयमा धैर्यता राख्नुपर्छ भनेका छन् । सन्दीपले आइपीएलबाट सिकेको कुरालाई र आफूले सकेजति र भ्याएसम्म राम्रो खेल्ने बताएका छन् ।

विश्व ११ मा पर्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । सन्दीपको उत्कृष्ट लेग स्पीन बलिङ्ले नै उनी विश्व ११ का खेलाडीमा छनोट भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति