आईपीएल बेटिङको आरोपमा खेलाडी अन्जनसहित ६ जना पक्राउ

नेपालमा बसेर अवैध रुपमा इन्डियन प्रिमियर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जना पक्राउ परेका छन्। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले फुटबलमा म्याच फिक्सिङको आरोप लागेका नेपाली फूटबल टीमका पूर्व खेलाडी तथा प्रशिक्षक केसीसहित ६ जनालाई आज बिहान पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा केसीसहित गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठ र अर्का एक जना रहेका छन्। 

पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

यसअघि २०७२ कात्तिकमा म्याच फिक्सिङको आरोपमा केसीसहित ५ जना पक्राउ परेका थिए। सबै धरौटीमा छुटेपनि उक्त मुद्दा अझै विचाराधीन छ।

पक्राउ परेकाहरूको साथबाट जुवा खेलाउन प्रयोग भएका मोबाइल, ल्यापटप र नगद बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा