शान्तिनगर गाउँपालिकाका दुई वडाका घरपिच्छे झाडापखालाका बिरामी छन् । मुहानको दूषित पानीले शनिबारबाट फैलिएको प्रकोप आइतबार साँझसम्म नियन्त्रणमा आएको छैन । बिरामी संख्या बढदै गएपछि गाउँले आतंकित छन् । स्थानीय स्वास्थ्यचौकीका अनुसार आइतबार साँझसम्म बिरामीको संख्या १ हजार २ सय २१ पुगेको छ ।
शनिबार रातिसम्म ४ सय १९ बिरामी रहेकामा आइतबार ८ सय २ जना थपिएको जानकारी शान्तिनगर स्वास्थ्यचौकी प्रमुख हरि पुनले दिए । रातिसम्म पनि बिरामी आउने क्रम जारी रहेकाले संख्या अझै बढ्ने अनुमान उनले गरे । ‘शनिबार बिहानदेखि आइतबार राति २ बजेसम्म लगातार बिरामी आए,’ उनले भने, ‘फेरि बिहान ४ बजेदेखि बिरामीको भीड लाग्न थाल्यो ।’ उपचारपछि घर फर्केका ३० जना आइतबार फेरि बिरामी भएर स्वास्थ्यचौकी आएको पुनले बताए ।
‘घर फर्केर फेरि प्रदूषित पानी नै पिएपछि उनीहरू बिरामी परेका छन् । दूषित पानी पिउन नछाडदा संख्या बढदै गएको हो,’ उनले भने, ‘खानेपानी आयोजनाका सबै उपभोक्ता बिरामी भएका छन् । प्रत्येक घरमा बिरामी छन् ।’
पुनका अनुसार तीनवटा एम्बुलेन्सले निरन्तर बिरामी ओसारिरहेका छन् । स्थानीय बीपी कोइराला मावि र हुमाचन्द्र बोर्डिङ स्कुल दुई दिनका लागि बन्द गरिएको छ । अधिकांश महिला र बालबालिका बिरामी छन् । शान्तिनगर–३ पातेटाकुराकी ४७ वर्षीया डिला चन्दको अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रेफर गरिएको छ । अन्यको स्वास्थ्यचौकीमा चलाइएको आकस्मिक शिविरमा उपचार भइरहेको छ ।
यो खबर आजको कान्तिपुरदैनिकमा छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा