आइपिएल: यी हुन् कम मूल्यमा महंगो खेले प्रदर्शन गर्ने खेलाडीहरू

इण्डियन प्रिमियर लिगमा अब फाइनल खेल मात्र बाँकी छ । डेढ महिनाभन्दा बढी चलेको यो लिगमा केही चर्चित हस्तीहरु निकै फ्लप भए । तर स्टार खेलाडी फ्लप हुँदै गर्दा केही नयाँ प्रतिभाहरुले भने सनसनी मच्चाएका छन् । केही खेलाडी त यस्तासम्म छन् जसले निकै कम मूल्य पाए तर सबैभन्दा बढी मूल्य पाउने खेलाडीले भन्दा राम्रो खेल देखाए । 

आइपिएल__यी_हुन्_कौडीको_मूल्यमा_बिकेका_हिराहरु7167

यस्तै एक खेलाडी हुन् मुम्बइ इण्डियन्सका बलर मयंक मार्कण्डे । २० लाखको बेस मूल्यमा मुम्बइले मयंकलाई किनेको थियो । जब मयंक मैदानमा उत्रिए तब मुम्बइले थाहा पायो उसले कौडीको भाउमा हिरा किनेको थियो । पहिलोपटक आइपिएल खेलेका मयंकले १४ खेलमा १५ विकेट लिए । उनले यस वर्षको आइपिएल अक्सनमा सबैभन्दा बढी साढे ११ करोड पाएका बलर जयदेव उनादकटलाई समेत उछिने । उनादकटले १५ खेलमा मात्रै ११ विकेट लिएका छन् ।

कौडीको भाउमा बिकेका अर्का हिरा हुन् नेपाली बलर सन्दिप लामिछाने । सन्दिपलाई पनि दिल्ली डेयरडेभिल्सले बेस मूल्य  २० लाखमा किनेको थियो । सन्दिपले यो आइपिएलमा ३ खेल मात्र खेल्न पाए । उद्यपि यी ३ खेलमै उनले सावित गरिदिए कि प्रतियोगिताका सुरुका खेलमा उनलाई नखेलाएर टिमले निकै ठूलो भूल गरेको थियो । सन्दिपले ३ खेलमा पूरै १२ ओभर बलिङ गरे । उनले ६.८३ को किफयती इकोनोमीमा रन दिँदै ५ विकेट लिए । आफ्नो प्रदर्शनले उनले भविष्यमा टिमको लागि ‘म्याच विनर’ बन्न सक्ने प्रमाणित गरे ।

चेन्नइ सुपरकिंग्सले दक्षिण अफ्रिकाका लुंगी एन्गिडीलाई मात्रै ५० लाखकमा किनेको थियो । उनी पनि सुरुका खेलमा खेल्न पाएनन् । जब उनी खेल्न पाए त्यसपछि भने उनले साबित गरिदिए उनको लागि खर्च गरिएको मूल्य उनको क्षमताको तुलनामा निकै कम थियो । उनले ६ खेलमा २१ ओभर बलिङ गर्दा ५.९ को इकोनोमीमा रन दिँदै १० विकेट लिए । लुंगीको टिमले अझै १ खेल खेल्न बाँकी छ । भोलिको फाइनलमा उनले स्थान पाएमा उनले अझै नयाँ रेकर्ड बनाउने सम्भावना बाँकी नै छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति