चेन्नई र हैदराबाद फाइनलमा, कोलकाता १३ रनले पराजित

कोलकाता (एजेन्सी)– सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ६१ रनमा रोक्दै हैदराबादले जित निकालेको छ । जितका लागि अन्तिम ओभरमा कोलकातालाई १९ रनको आवश्यकता थियो । त्यस्तोमा कालोर्स बर्थवेटले २ विकेट लिएपछि कोलकाता लक्ष्यमा पुग्न सकेन ।

कोलकाताका लागि क्रिस लेन र सुनिल नारिनले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । लेनले ३१ बलमा ६ चोका र २ छक्काका साथ सर्वाधिक ४८ रन बनाएका थिए । सुभम गिलले ३०, सुनिल नारिनले २६, नितेश रानाले २२, पियुष चावलाखले १२ रन बनाएका थिए । हैदराबादका लागि बर्थवेटबाहेक रसिद खानले ३, सिद्धार्थ कौलले २ र सकिब अल हसनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले त्यसलाई निरन्तरता दिन भने सकेन । तर, खेलको अन्त्यतिर रसिद खानको उच्च प्रदर्शनले हैदराबादले सम्मानजनक स्कोर बनाएको थियो ।

रसिदले अविजित ३४ रनको योगदान गरे । १० बलमा उनले ४ छक्का र २ चौका प्रहार गरे । ओपनर ऋद्दिमन शाहले ३५ र अर्का ओपनर शिखर धवनले ३४ रन जोडे । सकिब अल हसनले २८ र दीपक हुड्डाले १९ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका कुलदिप यादवले २, शिवम माभी, सुनिल नारिन र पियुष चावलाले समान १ विकेट लिए । हैदराबादका सकिब र कालोर्स ब्रर्थवाइट रन आउट भएका थिए । आइपिएल फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो