चेन्नई र हैदराबाद फाइनलमा, कोलकाता १३ रनले पराजित

कोलकाता (एजेन्सी)– सनराइर्जस हैदराबाद र चेन्नई सुपर किङ्सबीच इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधिका लागि भिड्ने भएका छन् । कोलकाता नाइट राइडर्सलाई शुक्रबार १३ रनले हराउँदै हैदराबादले चेन्नईसँगको भेट पक्का गरेको हो । क्वालिफायर १ मा हैदराबादलाई हराउँदै चेन्नई यसअघि नै फाइनल पुगेको थियो ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको कोलकातालाई २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ६१ रनमा रोक्दै हैदराबादले जित निकालेको छ । जितका लागि अन्तिम ओभरमा कोलकातालाई १९ रनको आवश्यकता थियो । त्यस्तोमा कालोर्स बर्थवेटले २ विकेट लिएपछि कोलकाता लक्ष्यमा पुग्न सकेन ।

कोलकाताका लागि क्रिस लेन र सुनिल नारिनले पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । लेनले ३१ बलमा ६ चोका र २ छक्काका साथ सर्वाधिक ४८ रन बनाएका थिए । सुभम गिलले ३०, सुनिल नारिनले २६, नितेश रानाले २२, पियुष चावलाखले १२ रन बनाएका थिए । हैदराबादका लागि बर्थवेटबाहेक रसिद खानले ३, सिद्धार्थ कौलले २ र सकिब अल हसनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर आज पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन बनाएको छ । पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेपनि हैदराबादले त्यसलाई निरन्तरता दिन भने सकेन । तर, खेलको अन्त्यतिर रसिद खानको उच्च प्रदर्शनले हैदराबादले सम्मानजनक स्कोर बनाएको थियो ।

रसिदले अविजित ३४ रनको योगदान गरे । १० बलमा उनले ४ छक्का र २ चौका प्रहार गरे । ओपनर ऋद्दिमन शाहले ३५ र अर्का ओपनर शिखर धवनले ३४ रन जोडे । सकिब अल हसनले २८ र दीपक हुड्डाले १९ रन जोडे । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोलकाताका कुलदिप यादवले २, शिवम माभी, सुनिल नारिन र पियुष चावलाले समान १ विकेट लिए । हैदराबादका सकिब र कालोर्स ब्रर्थवाइट रन आउट भएका थिए । आइपिएल फाइनल आइतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको