च्याम्पियन्स लिग फाइनलमा आज लिभरपुल र रियल भिड्दै

किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ।

फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ। लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ।

olimpskiy

तस्बिरमा किभ स्थित ओलम्पीस्किभ स्टेडियम जँहा फाइनल हुँदैछ। यस मैदानको क्षमता ७० हजार भन्दा धेरै छ। तर युइएफएले फाइनलमा ६३ हजार टिकट मात्र बेच्नेछ। हरेक टिकटको मूल्य ९ हजार देखि ५६ हजार नेपाली रुपैंया बराबरको छ। युइएफएले रियल र लिभरपुल दुवैलाई १६ हजार ६ सय २६ टिकट बेच्न अनुमती दिएको छ। बाँकि स्थान भने न्युट्रल समर्थकहरुले पाउनेछन्।

लिभरपुलका प्रशिक्षक यर्गन क्लपले रियलको बेञ्च बलियो भएपनि लिभरपुल फाइनल जित्न तयार रहेको बताएका छन्। खेल अघिको प्री म्याच कन्फरेन्समा बोल्दै क्लपले भने, “रियल म्याड्रिडको बेञ्च बलियो छ, हामो बेञ्च तुलनात्मक रुपमा कमजोर छ। तर पछिल्लो केहि समयको तुलनामा फिट्नेसले हामीलाई समस्या दिने छैन। तसैले हामी पूर्ण रुपमा जित्न तयार छौं।”

salah ronaldoरियलका प्रशिक्षक जिनेदिन जिदान भने रियल केही दबाबमा रहेपनि नतिजा आफ्नो पक्षमा पार्ने बताउँछन्, “यो खेलको महत्वका कारण रियल केही दबाबमा हुनेछ। खेलमा दुईमध्य एक टोली निरास हुनेछ। हामी विपक्षीलाई निरास पार्नेछौं। “

लिभरपुल यो सिजन च्याम्पियन्स लिगमा राम्रो लयमा देखिन्छ। यस प्रतियोगितामा ४६ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने टोलीको रुपमा लिभरपुलले कीर्तिमान बनाइसकेको छ। फाइनलमा भने लिभरपुलका एलेक्स ओक्सलेड च्याम्बरलेन, जो गोमेज र जोएल म्याटिप चोटका कारण खेल्ने छैनन्। एमरे च्यान भने चोटबाट फर्किने सम्भावना छ। त्यस्तै रियललाई भने कुनै पनि चोटको समस्या छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको