गायब भएको भनिएको साढे ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्री र सुन व्यापारी एमके अग्रवालसहित ७ जनाविरुद्ध रेडकर्नर नोटिस जारी हुने भएको छ । सुन गायब र सनम हत्याकाण्डको अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिले त्यसको कानुनी गृहकार्य सुरु गरेको छ ।

गत माघ पहिलो साता युएइबाट आएको साढे ३३ किलो सुन गायब भएपछि त्यसमै जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको यातनाबाट हत्या भएको थियो । सुन तस्करी र सनम हत्यामा संगठित गिरोह नै लागेको निष्कर्ष निकाल्दै गृह मन्त्रालयको समितिले छानबिन गरिरहेको छ । घटनामा चूडामणि उप्रेती ‘गोरे’को मुख्य अभियुक्त बनाएर ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंगलबार पक्राउ परेका गोरेलाई पनि रेडकर्नर नोटिस जारी गरेर विश्वभरका १ सय ९२ मुलुकमा खोजी तिव्र पारिएको थियो ।
यो घटनामा प्रहरीका बहालवाला एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपीद्वय सञ्जय राउत र प्रजित केसी, सइ बालकृष्ण सञ्जेलको पनि संलग्नता देखिएकोले उनीहरुसहित २८ जनालाई मोरङ अदालतले पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिइसकेको छ । अनुसन्धान समितिका एक सदस्यले भने, “फरार रहेकामध्ये एसएसपी श्याम खत्री, हरिशरण खड्का, एमके अग्रवाल, बाजेको सेकुवाका मालिक चेतन भण्डारी, छिरिङ वाङगेल गुरुङ र सुनिल अग्रवाललगायत ७ जनालाई रेडकर्नर नोटिस जारी गर्ने तयारीमा छौं ।’ उनका अनुसार यो प्रक्रिया एक साताभित्रै टुङ्गो लाग्नेछ ।
“फरार अन्य अभियुक्तहरु सामान्य प्रकारका छन्, सम्भवतः उनीहरु छिट्टै समातिन्छन् । तर ६–७ जनाको हकमा भने नोटिस नै जारी गर्नुपर्ने अवस्था छ,” ती अधिकारीले भने । भारतमा केही अभियुक्त लुकेको जानकारी आफूहरुलाई भएको र त्यसका लागि कूटनीतिक पहलमार्फत् समातेर नेपाल ल्याउने तयारी भएको उनले बताए ।
पक्राउ पूर्जी जारी भएका फरार अभियुक्तको अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि जारी गरिने सूचनालाई रेडकर्नर नोटिस भनिन्छ । अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) ले सूचना जारी गरेपछि विश्वका १ सय ९२ वटा मुलुकमा फरार अभियुक्तको खोजी गरिन्छ । अभियुक्त फेला परेमा अपराधीलाई सम्वन्धित राष्ट्रसमक्ष बुझाइन्छ ।
काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व