सेमी-फाइनलमा कोलकाता र हैदराबाद, राजस्थान बाहिरियो

कोलकाता (एजेन्सी) – कोलकाता नाइट राइडर्सले एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै दोस्रो क्वालिफायर्समा स्थान बनाउन सफल भएको छ। अब फाइनलको स्थानका लागि दोस्रो क्वालिफायर्समा एलिमिनेटरको विजेता कोलकाता र पहिलो क्वालिफायर्समा पराजित सनराइजर्स हैदराबाद भिड्नेछन्। 

kolkota

कोलकाताको घरेलु मैदानमा भएको खेलमा राजस्थानले टस जित्दै बलिङ गर्ने निर्णय गरेको थियो। कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए भने एण्ड्रेउ रसेल ४८ रनमा अविजित रहे।

१ सय ७० रनको लक्ष पाएको राजस्थानले विकेट जोगाउन सफल भएपनि रन बनाउन सकेन। मात्र ४ विकेट गुमाएको राजस्थानले निर्धारित २० ओभरमा १ सय ४४ रन बनाएपछि प्रतियोगिताबाट बाहिरियो। यो सिजन कोलकाता र राजस्थानको तेस्रो भेटहो जसमा तीनै खेलमा राजस्थानले हार बेहोरेको छ।

यसअघि हैदराबादलाई पराजित गर्दै चेन्नईले फाइनलमा स्थान बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।