यस्ता छन् अण्डाका फाइदा !

News-P-292509-636162901251393757-715x400काठमाडौं- 

अण्डा प्रोटिन, भिटामिन, फ्याटी एसिड र खनिज पदार्थहरुले भरिपूर्ण खाद्यपदार्थ हो । अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । यसका साथै पहेलों भागको तुलनामा भिटामिन बी २ र निकै थोरैमात्रामा चिल्लो र कोलेस्टेरोल पाइन्छ।

सेतो भागमा सेलेनियम, भिटामिन डी, भिटामिन बी ६, भिटामिन बी १२, जिंक, आइरन र कपरजस्ता खनिज पदार्थ पनि पाइन्छन् । पहेलों भागमा भने बढी क्यालोरी र चिल्लो पदार्थ पाइन्छ । तिनमा कोलेस्टेरोल, चिल्लोको मात्रा भएको भिटामिन ए, डी, इ र के तथा लेसिथिन पाइन्छ । आजकाल केही खालका अण्डामा ओमेगा ३ फ्याटी एसिड पाइन्छ । एउटा मध्यमखालको अण्डामा ७६ क्यालोरी, ७.५ ग्राम प्रोटिन, ५.१ ग्राम फ्याट र १.४ ग्राम स्याचुरेटेड फ्याट पाइन्छ।

पेडियाट्रिक्स पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार एक बच्चालाई ६ महिनासम्म दैनिक एउटा अण्डा खान दिनाले उसको स्वस्थ वृद्धिमा मद्धत पुग्छ।

 १. रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ

अण्डामा पाइने सेलेनियमले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ भने थाइराइड हर्मोनलाई नियमित पर्छ । विशेषगरी बच्चाले अण्डा खानु लाभदायी मानिन्छ । यदि बच्चा र वयस्क व्यक्तिले आवश्यक मात्रामा सेलेनियम पाएनन् भने मुुटु, हड्डी र जोर्नी दुख्ने ‘केशन रोग’ विकास हुने खतरा हुन्छ।

२. कोलेस्टेरोलमा सुधार गर्छ

सामान्यतः कोलेस्टेरोलबारे समाजमा ३ खालका धारणा व्याप्त छन् । एउटा हो, उच्च कोलेस्टेरोल स्वास्थ्यका लागि खराब हुन्छ । अर्को असल र खराब दुई खाला कोलेस्टेरोल हुन्छन् । र तेस्रो अण्डामा कोलेस्टेरोल बढी  हुन्छ । एउटा ठूलो खालको अण्डामा २१२ एमजी कोलेस्टेरोल हुन्छ । तर यसको अर्थ यो होइन कि अण्डाले रगतमा खराब कोलेस्टेरोल बढाउँछ । शरीरले कोलेस्टेरोल आफैं उत्पादन गर्छ, बरु अण्डाले कोलेस्टेरोललाई सुधार गर्छ भन्ने कुरा पनि प्रमाणित भैसकेको छ।

३. मुटु रोग लाग्ने खतरा कम हुन्छ

अण्डाले कोरोनरी मुटु रोग लाग्ने खतरा कम गर्छ भन्ने प्रमाणित भइसकेको छ । खराब कोलेस्टेरोलको रुपमा रहेको एलडीएल कोलेस्टेरोलले धमनीका भित्तामा चिल्लो तत्व बोक्छ र तर यसको विपरित एचडीएलले धमनीका भित्ताबाट चिल्लो पदार्थ हटाउँछ।

४. छाला र कपालको स्वास्थ्यका लागि

स्वस्थ छाला, कपाल, आँखा र कलेजोका लागि बी कम्लेक्स भिटामिन आवश्यक हुन्छ । अण्डा भिटामिन बी २ का साथै बी ५ र बी १२ को राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई राम्ररी सन्चालन गर्न मद्धत गर्छ।

५. दिमागको रक्षाका लागि

अण्डालाई ‘ब्रेन फुड’ पनि भनिन्छ । यसमा भएको कोलिन नामक पोषक तत्व दिमागको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ । कोलिन सेल मेम्ब्रेनको आवश्यक तत्व हो । शरीरमा कोलिन तत्वको कमीले मानसिक समस्या उत्पन्न हुने अध्ययनहरुले देखाएका छन् । अमेरिकामा गरिएको एक अध्ययनअनुसार ९० प्रतिशत अमेरिकीले आवश्यकभन्दा कम मात्रामा कोलिन तत्व भएका खाद्यपदार्थ लिने गर्छन्।

६. जीवन रक्षा गर्छ

शरीरलाई २० खालका अमिनो एसिड चाहिनेमा शरीर आफैंले ११ खालका अमिनो एसिड पूर्ति गर्छ । बाँकी ९ खालका अमिनो एसिड भने अण्डाबाट पूर्ति गर्न सकिन्छ । ती ९ खालका अमिनो एसिड नभएमा रोग प्रतिरोधी क्षमतामा कमी आउने, कमजोरी हुने र कपाल तथा छालाको रंग परिवर्तन आउने  समस्या हुन्छ।

७. एन्टिअक्सिडेन्टको स्रोत

अण्डामा २ खालका एन्टीअक्सिडेन्ट पाइन्छ, लुटिन र जियासान्थिन नामका  । यी तत्व आँखाको स्वास्थ्यका लागि उपयोगी मानिन्छ । यो अण्डाको पहेलों भागमा पाइन्छ।

८. हड्डी र दाँत स्वस्थ राख्छ

अण्डा भिटामिन डीको प्राकृतिक  स्रोत हो, जसले हड्डी र दाँतलाई स्वस्थ राख्छ । यसले क्याल्सियमलाई शरीरमा राम्ररी लिन मद्धत गर्छ । क्याल्सियम स्वस्थ मुटु, कोलोन र मेटाबोलिजमका लागि महत्वपूर्ण मानिन्छ। 

यसका साथै अण्डा कलेजोका लागि स्वस्थकर मानिन्छ भने टाइप २ डाइबिटिज लाग्ने खतराबाट पनि बचाउने काम गर्छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना