आईपीएलः यी चार टीमले खेल्नेछन् प्लेअफ

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ । सनराइजर्स हैदरावाद, चेन्नाइ सुपर किँग्स, कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स अन्तिम चारमा प्रवेश गरेका हुन् । प्लेअफ प्रवेशको संभावना बोकेको किँग्स इलाभेन पञ्जाव लिग चरणको आफ्नो अन्तिम खेलमा पराजित भएपछि राजस्थान रोयल्सले प्लेअफ प्रवेशको मौका पाएको हो ।

download

प्लेअफ पुग्नका लागि पञ्जावले चेन्नाइलाई कम्तीमा ५३ रनले हराउनुपर्ने थियो । तर गएराति भएको खेलमा पञ्जाव चेन्नाइसँग ५ विकेटले पराजित भयो । पहिला ब्याटिङ गरेको पञ्जाव २ बल बाँकी छँदै १ सय ५३ रनमा समेटियो । उसका लागि करुन नैरले सर्वाधिक ५४, मनोज तिवारीले ३५, डेविड मिलरले २४ र अक्षर पटेलले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । चेन्नाइका लुंगी एङ्गिडीले चार ओभरमा १० रन दिएर ४ विकेट लिए ।

१ सय ५४ रनको बिजयी लक्ष्यसहित जवाफी ब्याटिङमा आएको चेन्नाइले ५ बल बाँकी छँदै ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नाइका सुरेश रैनाले नटआउट ६१ रन बनाए भने दीपक चाहारले ३९ रनको योगदान गरे । यसअघि हिजो बेलुकी भएको खेलमा दिल्ली डेयर डेभिल्ससँग पराजित भएपछि मुम्बई इण्डियन्स पनि प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । प्रतियोगिताको पहिलो क्वालिफायरमा भोली हैदरावाद र चेन्नाइबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति