हैदराबादलाई हराउँदै कोलकाता प्ले अफमा

हैदराबाद (एजेन्सी)– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । हैदराबादको १८ अंक छ भने दोस्रो स्थानको चेन्नई र कोलकाताको समान १६ अंक छ ।१ सय ७३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । ओपनर क्रिस लेनले अर्धशतक बनाएको खेलमा रोबिन उथप्पाले ४५ रन बनाएका थिए ।

४३ बल खेलेका लेनले ४ चौका र ३ छक्काका साथ ५५ रन जोडे । ३४ बल खेल्दै उथप्पाले ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर सुनिल नारिनले २९ रन र कप्तान दीनेश कार्तिकले अविजित २२ रन जोडे । हैदराबादका सन्दीप शर्माले २ र कार्लोसा ब्रथवाइटले समान २ र सकिब अल हसनले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । ओपनर शिखर धवनले अर्धशतक पुरा गरे भने श्रीवास्ताव गोस्वामीले ३५, काने विलियम्सनले ३६, मनीष पाण्डले २५ रन बनाए ।

३९ बल खेल्दै शिखरले ५ चौका १ छक्का प्रहार गरे । कोलकाताका प्रसिद्ध कृष्णले ४, आन्द्रे रसेल, सुनिल नारिन, कुलदीपक यादव र जाभोन सेरलिसले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं