हैदराबादलाई हराउँदै कोलकाता प्ले अफमा

हैदराबाद (एजेन्सी)– कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफका लागि छनोट भएको छ । शीर्षस्थानमा रहेको सनराइजर्स हैराबादलाई शनिबार ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । सनराइजर्स र चेन्नई सुपर किङ्स यसअघि नै प्ले अफ पुगिसकेका छन् ।

प्ले अफ पुग्ने अब एउटा टोलीको टुंगो लाग्न बाँकी छ । हैदराबादको १८ अंक छ भने दोस्रो स्थानको चेन्नई र कोलकाताको समान १६ अंक छ ।१ सय ७३ रनको लक्ष्य पछ्याएको कोलकाताले २ बल बाँकी रहँदा ५ विकेट गुमाएर आवश्यक रन जोडेको थियो । ओपनर क्रिस लेनले अर्धशतक बनाएको खेलमा रोबिन उथप्पाले ४५ रन बनाएका थिए ।

४३ बल खेलेका लेनले ४ चौका र ३ छक्काका साथ ५५ रन जोडे । ३४ बल खेल्दै उथप्पाले ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर सुनिल नारिनले २९ रन र कप्तान दीनेश कार्तिकले अविजित २२ रन जोडे । हैदराबादका सन्दीप शर्माले २ र कार्लोसा ब्रथवाइटले समान २ र सकिब अल हसनले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो । ओपनर शिखर धवनले अर्धशतक पुरा गरे भने श्रीवास्ताव गोस्वामीले ३५, काने विलियम्सनले ३६, मनीष पाण्डले २५ रन बनाए ।

३९ बल खेल्दै शिखरले ५ चौका १ छक्का प्रहार गरे । कोलकाताका प्रसिद्ध कृष्णले ४, आन्द्रे रसेल, सुनिल नारिन, कुलदीपक यादव र जाभोन सेरलिसले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको