
काठमाण्डाै
कागतीपानी पिउने बानी कत्तिको छ रु छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् । लेमनमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले कागतीपानी खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागतीपानी पिउनुको मुख्य फाइदा यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ । कागती भिटामिन ‘सी’को प्रमुख स्रोत हो । यसले प्रतिरक्षा प्रणालीको कमजोरी हटाउन त मद्दत गर्छ नै, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट बच्न पनि योगदान गर्छ । मधुमेह रोगीका लागि समेत कागतीपानीले फाइदा गर्छ ।
बिहान खाली पेटमा कागतीपानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।
भिटामिन ‘सी’ अधिक भएकाले कागतीबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणाली सबल हुन्छ ।
कागतीपानीले पाचनमा सहयोग पुग्छ ।
कागतीपानी पिउने गरेमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।
रुघाखोकीको उपचारमा कागतीपानी उपयोगी हुन्छ ।
मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।
कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ, किनभने यसले युरिक एसिडलाई विघटित गरिदिन्छ ।
एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई स्वस्थ राख्छ ।
कागतीपानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।
हरेक दिन कागतीपानी पिउने गरेमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन र बनेको पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत पुग्छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना