दिल्ली विजयी, सन्दीपको अर्काे उत्कृष्ट प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – भिभो आइपिएल २०१८ मा अहिले नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेरडेभिल्सले चेन्नाई सुपर किङ्सलाई हराएको छ ।

सय ६३ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा केवल १ सय २८ रन बनाउन सफल रह्यो । चेन्नाईका लागि ओपनर अंबाती रायडुले सर्वाधिक ५० रन बनाए भने रविन्द्र जडेजाले २७ रन जोडे । सुरेश रैना (१५ रन), महेन्द्र सिंह धोनी (१७ रन) र शेन वाट्सन (१४ रन) क्रिजमा धेरै टिक्न सकेनन् ।

दिल्लीको जितमा सन्दीपको भूमिका महत्त्वपूर्ण रह्यो । खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले २ रन दिएका थिए । ६ बल नै शेन वाट्सनलाई बलिङ गर्दै सन्दीपले ५ डट बल फालेका थिए । खेलको १२ औं र आफ्नो दोस्रो ओभरमा भारतका दुई निकै अनुभवी ब्याट्सम्यान महेन्द्र सिंह धोनी र सुरेश रैनालाई बलिङ गर्दै उनले ६ रन खर्चे ।Ddf7SteVwAEhIgO

खेलको १४ औं तथा आफ्नो तेस्रो ओभरको पहिलो बलमै सन्दीप रैनाको विकेट लिन सफल भए । त्यस्तै १६ औं ओभरमा आफ्नो अन्तिम ओभर बलिङ गर्दा सन्दीपले ११ रन दिए । ४ ओभरमा सन्दीपले २१ रन दिए । अमित मिश्रा र ट्रेन्ट बोल्टले दिल्लीका लागि २-२ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रनको योग्फल तयार पारेको थियो । दिल्लीका लागि रिसभ पन्तले ३८ रन तथा अन्त्यमा हर्सल पटेल र विजय शंकरले समान ३६ रन बनाएका थिए ।

चेन्नाई १३ खेलमा ८ जित दर्ता गर्दै १६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । अर्कोतर्फ अन्तिम ४ मा पुग्ने सम्भावना समाप्त भएको दिल्लीको अब ८ अंक रहेको छ ।

यस भन्दा अघिल्लो खेलमा सन्दिप लामिछानेले डेब्यु गर्दै प्रभावकारी प्रदर्शन गरेका थिए । उनले भारतीय ब्याट्सम्यान पार्भिव पटेलको विकेट लिँदै ४ ओभरमा केवल २५ खर्चेका थिए । निकै प्रशंसा पाएका सन्दीपको सो खेलमा इकोनमी सबैभन्दा उत्कृष्ट पनि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति