आइपिएल २०१८ :बैंगलोरद्वारा हैदराबाद १४ रनले पराजित

बैंगलुरु (एजेन्सी)– प्ले अफका लागि छनोट भइसकेको सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग १४ रनले पराजित भएको छ । जितपछि बैंगलोर पाँचौं स्थानमा उक्लेको छ । अब ४ टोली मुम्बई इन्डियन्स, बैंगलोर, राजस्थान रोयल्स र किङ्स ११ पञ्जाबको समान १२ अंक छ ।

२ सय १९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । टोलीका लागि काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाएपनि सनराइर्ज विजयी हुन सकेन । विलियम्सनले सर्वाधिक ८१ रन र मनीषले अविजित ६२ रन जोडे । विलियम्सनले ४२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे ।

मनीषले ३८ बल खेल्दै ७ चौका र २ छक्का प्रहार गरे । एलेक्स हालेसले ३७ र शिखर धवनले १८ रन थपे । बैंगलोरका युभभेन्द्र चाहाल, मोहम्मद सिराज र मोइन अलीले समान १ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

टोलीका एबी डि भिलियर्स र मोइन अलिले अर्धशतक पुरा गरे । ३९ बल खेलेका डि भिलियर्सले १२ चोका र १ छक्काको मद्दतमा ६९ रन बनाए । ३४ बल खेलेका अलिले ६ छक्का र २ चौका प्रहार गरे । कोलिन डी ग्रान्डहोमेले ४० रन र सरफराज खानले अविजित २२ रन जोडे । १७ बलमा ग्रान्डहोमेले ४ छक्का र १ चौका प्रहार गरे ।

८ बल खेलेका खानले ३ चौका र १ छक्का प्रहार गरे । हैदराबादका रसिद खानले ३, सिद्धार्थ काउलले २ र सन्दीप शर्माले १ विकेट लिए । आइपिएलमा शुक्रबार नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले चेन्नई सुपर किङ्सको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं