मुख्यमन्त्री लालबाबुको केन्द्रसँग यस्तो गुनासो

Lal-Babu-Rawat

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारबाट उचित सहयोग नपाएको हाकाहाकी गुनासो गरिरहेका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण क्रममा प्रदेश २ प्राथमिकतामा परेकोमा उत्साहित देखिएका मुख्यमन्त्री राउत संघीय सरकारसँग भने रुष्ट देखिएका छन् ।

प्रदेश सरकारले संसदबाट तीन हप्ता अगावै पारित गरिसकेको चालु आर्थिक बर्षको अन्तिम चौमासिक बजेटसमेत हालसम्म संघीय सरकारबाट प्राप्त गर्न नसकेको राउतको मुख्य गुनासो हो ।

‘मोदीजीको स्वागतका लागि धेरै तयारी गर्नुपरेको छ । प्रदेश सरकार आफैं व्यवस्थित भइनसकेका बेला यतिका खर्च व्यवस्थापन गर्नु सहज छैन’ राउतले बिहीबार भने, ‘स्वागतको तयारीमा जे जति खर्च भइरहेको छ सबै उधारोमा हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा