एमाले–माओवादी एकीकरण, ओली र प्रचण्डबीच बराबरीमै कुरा मिलेन

kp-oli-prachanda-1700-768x366

काठमाडौँ, २७ वैशाख ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन।

पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन। पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन।

ओली र प्रचण्डबीच समान हैसियतमा पार्टी एकता गर्ने विषयमा सहमति जुट्न सकेको छैन। माओवादीले समान हैसियतमा एकता हुनुपर्ने अडान राखेको छ भने एमालेले समान हैसियतमा होइन, पार्टीको हैसियतअनुसार एकता गर्नुपर्ने अडान राख्दै आएको छ। पार्टी एकताका लागि सहमति निर्माणमा जुटेका ओली र प्रचण्डबीचबीच केही दिनयता सम्बन्धमा चिसोपन आएको छ।

सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री एकलौटीरूपमा अगाडि बढेको भन्दै माओवादीले असन्तुष्टि जनाउँदै आएको छ। सचिवहरूको सरुवा, ओलीको भारत भ्रमण र बजेटको विषयमा समेत एकतर्फीरूपमा ओली अगाडि बढेको आरोप माओवादीले लगाएको छ। केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै सरकार र पाटीभित्रै चर्को असन्तुष्टि देखिन थालेको छ।

पार्टी एकता गर्दा समान हैंसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्त्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरूलाई समेत थाहा नदिने गरेको माओवादीका नेता मणि थापाले बताउनुभयो। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा