सरकारसँग छैन बैंक खाता, बजेट खर्च गर्ने बाटो बन्द

budget-bajet_vIGXYvRFD3

विराटनगर, २६ वैशाख । एक महिनाअघि प्रदेश सरकारले सार्वजनिक गरेको बजेट अहिलेसम्म खर्च भएको छैन ।

प्रदेश सरकारले सञ्चित कोष जम्मा गर्ने बैक खाता नखुलेका कारण अहिलेसम्म सरकारले बजेट खर्च गर्न नसकेको हो ।

गत चैत २९ गते आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले एक अर्ब दुई करोड पाँच लाख रुपैयाको बजेट प्रस्तुत गरेका थिए ।

संघीय सरकारबाट प्राप्त अनुदानमा आधारित रहेर आगामी तीन महिनाका लागि कार्यक्रममार्फत खर्च गर्ने गरी विनियोजन गरिएको बजेट बैंक खाता सञ्चालन नहुँदा खर्च गर्न नसकेको हो ।

प्रदेश एकमा मात्रै हैन सातै प्रदेशका सरकारले अलिहेसम्म बैंक खाता खोल्न सकेका छैनन् ।

सञ्चितचकोषको बैक खाता खोल्ने विषयमा नेपाल राष्ट्र बैंकले समय र प्रक्रियामा  सहयोग नगरेपछि सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले संघीय सरकारलाई सामूहिक दबाब दिनु परेको थियो ।

अर्थमन्त्रालयले दिएको निर्देशन पनि कतिपय सन्दर्भमा नेपाल राष्ट्र बैंकले पालना नगर्दा सञ्चितकोष रकम जम्मा हुने बैंक खाता खोल्न ढिलाई भएको हो । गोरखापत्रमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा