अफगानिस्तानमा विस्फोटमा परी एघार आतङ्ककारी मारिए

taliwani-750

अफगानिस्तान, २५ वैशाखः 

अफगानिस्तानको गजनी प्रान्तमा विस्फोटक पदार्थ विस्फोटमा परी एघार आतङ्ककारी मारिएका छन् ।आतङ्ककारी समूहले बनाउँदै गरेको विस्फोटक पदार्थमा अकस्मात विस्फोट हुँदा त्यसैमा परेर ११ तालिबान आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

सोमबार अपराह्नमा आन्दार जिल्लाको गिलान गाउँमा सो दुर्घटना भएको प्रवक्ता हारिफ नुरीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

आफगानिस्तानमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह, तालिबानले राखेका बम र बारुदी सुरुङ प्रयोग गरी सुरक्षा बल तथा सर्वसाधारण नागरिकमाथि हमला गर्दै आएका छन् । गत सोमबार अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा विस्फोटक पदार्थ विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने