अफगानिस्तानमा विस्फोटमा परी एघार आतङ्ककारी मारिए

taliwani-750

अफगानिस्तान, २५ वैशाखः 

अफगानिस्तानको गजनी प्रान्तमा विस्फोटक पदार्थ विस्फोटमा परी एघार आतङ्ककारी मारिएका छन् ।आतङ्ककारी समूहले बनाउँदै गरेको विस्फोटक पदार्थमा अकस्मात विस्फोट हुँदा त्यसैमा परेर ११ तालिबान आतङ्ककारी मारिएका प्रान्तीय सरकारका प्रवक्ताले मङ्गलबार जानकारी दिएका छन् ।

सोमबार अपराह्नमा आन्दार जिल्लाको गिलान गाउँमा सो दुर्घटना भएको प्रवक्ता हारिफ नुरीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

आफगानिस्तानमा इस्लामिक स्टेट्स आतङ्ककारी समूह, तालिबानले राखेका बम र बारुदी सुरुङ प्रयोग गरी सुरक्षा बल तथा सर्वसाधारण नागरिकमाथि हमला गर्दै आएका छन् । गत सोमबार अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा विस्फोटक पदार्थ विस्फोटमा परी पाँच व्यक्तिको मृत्यु भएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत