पोखरा बस्ने मोदीको रहर अपुरो

Modi

काठमाडौँ, २५ वैशाख ।  तेस्रोपटक नेपाल भ्रमणमा आउने तयारीमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसपटक पोखरामा बास बस्ने योजनामा हुनुहुन्थ्यो। तर, नेपाली पक्षको जोडबलका कारण उहाँको त्यो रहर अपुरो रहने भएको छ।

छिनछिनमा परिवर्तन भइरहने मौसम र पोखराको सुरक्षा प्रबन्धबारे नेपालले अडान लिएपछि पोखरामा बास बस्ने मोदीको योजना हेरफेर भएको हो। ‘भारतीय पक्षले बास बस्नका लागि पोखरा प्रस्ताव गरेको थियो, सायद मोदीकै इच्छाअनुसार त्यस्तो प्रस्ताव आएको हुनुपर्छ।’ –परराष्ट्र मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने।

नेपालले व्यावहारिक पक्षबारे भारतीय पक्षलाई प्रस्ट्याएपछि मोदी काठमाडौंको बौद्धस्थित हायात होटलमा बास बस्दै हुनुहुन्छ। आगामी शुक्रबार भारतको विहार हुँदै सोझै जनकपुर पुग्ने मोदी त्यहाँको धार्मिक र अन्य कार्यक्रममा सहभागी भएर काठमाडौं आउने र फेरि साँझ पोखरा पुग्ने भारतले प्रस्ताव गरेको थियो।

भारतीय प्रधानमन्त्री मोदी पोखरा बस्ने योजनाबारे जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले त्यसबारे आफूले कुनै जानकारी नपाएको बताउनुभयो। ‘मैले त्यस्तो खबर सुनेको छैन, अनौपचारिक गतिविधिबारे म ‘अपडेट’ हुन पाएको छैन।’ –उहाँले भन्नुभयो। मोदी आगामी शुक्रबार भारतको विहारस्थित पटना विमानस्थल हुँदै जनकपुर पुग्नुहुनेछ। पटना विमानस्थलसम्म भारतीय एयर फोर्सको विशेष विमान र त्यहाँबाट भारतीय सैन्य हेलिकोप्टरबाट उहाँ सोझै जनकपुर पुग्ने कार्यतालिका तय भएको छ।

जानकी मन्दिरमा विशेष पूजाआजा गर्ने मोदी त्यहाँको बाह्रबिघामा हुने नागरिक अभिनन्दन र रामायण सर्किटसम्बन्धी कार्यक्रममा सहभागी रहनुहुनेछ। जनकपुरको कार्यक्रमपश्चात् अपरा≈न काठमाडौं फर्किएपछि उहाँ शिष्टाचार भेटघाटमा सहभागी रहने बताइएको छ। यसपटक नेपालली पक्षले मोदीलाई लुम्बिनी भ्रमण गराउन चाहे पनि भारतीय पक्षले कुनै चासो नदेखाउँदा मोदी यसपटक पनि नपुग्ने निधो भएको हो। यसअघिको नेपाल भ्रमणका क्रममा मोदीले जनकपुर, लुम्बिनी र मुक्तिनाथ भ्रमण गर्ने इच्छा जनाउनुभएको थियो।

दुई दिने नेपाल भ्रमणमा रहनुहुने भारतीय प्रधानमन्त्री मोदीको सुरक्षार्थ चारवटै सुरक्षा निकायका ११ हजारभन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन्। मोदीको भ्रमणको सुरक्षालाई लिएर भारतीय सुरक्षा निकायको विशेष टोली भ्रमण स्थलको रेकीमा नियमित जुटिरहेको छ।उहाँले भ्रमण गर्ने रुट र आसपासका क्षेत्रमा सरसफाइ कार्यलाई पनि तीव्रता दिइएको छ। नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा