
काठमाडौँ, वैशाख २४ । वर्षौँदेखि कायम भएको सिन्डिकेट अब अन्त्य हुने भएको छ । सिन्डिकेट पक्षधर यातायत व्यवसायी कम्पनीमा जान तयार भएका छन् । सरकारको कारवाही पश्चात् व्यवसायीहरु आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका हुन् ।
यातायात व्यवसायी र सरकारी पक्षबीच यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म भएको वार्तापश्चात् यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने, कम्पनिमा जाने लगायतका सहमति जनाएका हुन् ।
सहमतिको विस्तृत विवरण सोमबार दिउँसो संयुक्त पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गर्ने सहमति भएको वार्तामा सहभागी भएका अधिकारीले जनाएका छन् ।
नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । सरकारले यातायात समिति र संघलाई खारेज गर्दै कम्पनीमा दर्ता हुन भनेको थियो । तर, त्यसविरुद्ध २१ गते सांकेतिक बन्द गरेका यातायात व्यवसायीले २७ गतेदेखि अनिश्चितकालीन यातायात हड्ताल गर्ने र सरकारलाई घुँडा टेकाउने घोषणा गरेका थिए ।
यातायात व्यवसायीविरूद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो । हड्तालमा सहभागीहरुलाई पक्राउ गर्ने र रुट परमिट खारेज गर्ने कदम चालेपछि अन्ततः व्यवसायी उल्टै पछि हट्न बाध्य भएका थिए । पक्राउ परेका सिन्डिकेट पक्षधर व्यवसायी आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्ने लगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी रिहा भएका थिए ।
अन्ततः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अत्यावश्यकीय सेवा अवरूद्ध गर्दै हड्ताल गर्नेलाई कानुन अनुरूप कारवाही गर्ने स्पष्ट अडान लिएपछि यातायात व्यवसायी पछि हट्न बाध्य भए ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।