
काठमाडौं – वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ । आजको नागरिक दैनिकमा समाचार छ ।
द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपाल दक्षिण एसियाको पाँचौं नम्बरमा परेको हो ।
उक्त संस्थाले सन् १९८८ देखि सन् २०१७ सम्म विश्वभरका विभिन्न मुलुकको सैन्य खर्चसम्बन्धी वितरणसहितको रिपोर्ट सार्वजनिक गरेको छ ।
रिपोर्टमा सन् २०१७ मा नेपालको सैन्य खर्च ३८६ मिलियन डलर अर्थान् ४० अर्ब ३८ करोड २० लाख रुपैयाँ भएको छ ।
सन् २०१६ मा नेपालको सैनिक खर्च ३४ अर्ब ५६ करोड ९० लाख रुपैयाँ थियो भने २०१५ मा ३३ अर्ब १५ करोड ९० लाख रहेको उल्लेख छ ।
रिपोर्टमा नेपालको सैनिक खर्च १० वर्ष अघिको तुलनमा तीन गुणाले बढेको देखाएको छ । सन् २००८ मा नेपालको सैनिक खर्च १३ अर्ब पाँच करोड रहेको उल्लेख छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा