
काठमाडौं – कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् ।
सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गरेका थिए ।
मनोनयन प्रक्रिया विधानविपरीत भएको भन्दै संस्थापनइतर पक्षले बैठक बहिष्कार गरेको थियो ।
वरिष्ठ नेता पौडेल पक्षले विधानविपरीतको प्रक्रियालाई नमान्ने घोषणा गरिरहेका बेला निधि, खडका र महतले एकसाथ पौडेल र महामन्त्री कोइरालालाई भेटेर सहयोग मागेका हुन् ।
‘अब जे भयो-भयो, पार्टीलाई एकताका साथ अघि बढाउन तपाईंहरूकै मार्गदर्शनअनुसार अघि बढ्छौं भनेर हामीले भन्यौं,’ उपसभापति निधिले भने, ‘उहॉले पनि शीर्ष नेताहरूबीच कुनै विषयमा फरक धारणा भए पनि मिलेर जानुपर्ने धारणा राख्नुभयो ।’आजको कान्तिपुरले यो समाचार छापेको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा